+
+
Shares

भारतबाट ३० हजार मेट्रिक टन चिनी किन्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख १९ गते १८:३४

१९ वैशाख, काठमाडौं । नेपालमा उत्पादित चिनीले बजारको माग पूरा गर्न नसक्ने भन्दै सरकारले भारतबाट ३० हजार मेट्रिक टन चिनी किन्ने तयारी गरेको छ ।

Sugarअर्थ मन्त्रालयले चिनी किन्न भन्सार छुट दिने अन्तिम तयारी गरिरहेको छ । सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनले भारतबाट १ प्रतिशत मात्रै भन्सारमा चिनी किन्नेछ ।

साल्ट ट्रेडिङसँग चिनी मौज्दात सकिएपछि बजारमा चिनीको मूल्य अनियन्त्रित बनेको छ । त्यसैकारण सरकारले भारतबाट चिनी आयात गर्न अनुमति दिएको आपूर्ति मन्त्रालय स्रोतले बतायो ।

आपूर्ति मन्त्रालयले ५० हजार मेट्रिक टन चिनी भारतबाट ल्याउनुपर्ने भन्दै अर्थमा प्रस्ताव पठाएको थियो । अर्थले भने ३० हजार मेट्रिक टन मात्रै ल्याउन स्वीकृति दिने तयारी गरेको छ ।

उत्पादन घट्यो

बितेको क्रसिङ सिजनमा नेपालमा १ लाख ६७ हजार मेट्रिक टन मात्रै चिनी उत्पादन भएको सरकारको प्रारम्भिक अनुमान छ । नेपालमा वार्षिक रुपमा २ लाख ५५ हजार टन चिनी खपत हुने गरेको छ ।

नेपालको उत्पादन मात्रैको भर पर्दा बजारमा चिनी अभाव हुनसक्ने भन्दै भारतबाट चिनी किन्न लागिएको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले अनलाइनखबरलाई बताए ।

चिनी उद्योगीले पर्याप्त उखु नहुँदा मुख्य क्रसिङ सिजनमा २ महिना मात्रै उद्योग चलेको बताएका छन् । उद्योगहरुले बेलैमा किसानलाई खरिद गरेको उखुको मूल्य नदिने समस्याले यो वर्ष चिनीको उत्पादन घटेको हो ।

भण्डार रित्तियो

साल्ट ट्रेडिङको भण्डारमा अहिले चिनी सकिएको छ । ‘भारतबाट चिनी ल्याउने अन्तिम स्वीकृति प्राप्त भइसकेको छैन,’ साल्ट ट्रेडिङका प्रवक्ता भण्डारीले भने,’स्वीकृति प्राप्त हुनासाथ खरिद प्रक्रिया अघि बढाइनेछ ।’

साल्ट ट्रेडिङ कर्पोरशन लिमिटेडले चिनी किन्न गरेको प्रस्ताव डेढ वर्षदेखि अर्थ मन्त्रालयमा थन्किएको थियो । अत्यावश्यक अवस्थामा प्रयोग गर्न र मूल्य नियन्त्रणका लागि साल्ट ट्रेडिङले २० हजार मेटि्रक टन चिनी किन्न वाणिज्य मन्त्रालयमा प्रस्ताव गरेको थियो ।

साल्ट ट्रेडिङकाअनुसार भारतीय बजारमा चिनी प्रतिकिलो ३४ रुपैयाँ पुगिसकेको छ । सकारले बेलैमा चिनी आयात गर्ने निर्णय नगर्दा अब महंगो मूल्य तिर्नेपर्ने अवस्था आएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?