Comments Add Comment

बोक्सीको आरोपमा जिउँदै आगो लगाई खाल्टोमा पुर्ने तीन पक्राउ

१९ वैशाख, रसुवा । दक्षिण रसुवाको यार्सा ९ को घोर्मु गाउँमा बोक्सीको आरोप लगाउँदै एक जनाको हत्या भएको छ । बोक्सीको आरोपमा यार्सा–९ की अन्दाजी ५५ वर्षीया तुलु सार्की थिङको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हत्यामा संलग्न भनिएका  यार्सा–९ का २७ वर्षीय मृतकका भतिजा कान्छा सेर्पा, भतिजी बुहारी ४० वर्षीया लवाङ बुटी  र  भोर्ले–२ का साहिँला भनिने ५० वर्षीय छेनुर्वु तामाङ छन् । उनीहरुलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अगाडि बढाइसकिएको प्रहरी नायब उपरीक्षक अवदेश विष्टले जानकारी दिए ।

थिङलार्इ बोक्सीको आरोप लगाउँदै गत चैत ५ गते अमानवीय व्यवहार गरी गाउँ निकाला गरेका थिए । केरुङतर्फ गएका तुलुलाई पुनः गाउँमा बोलाई कुटपिट गरी गाउँबाट पश्चिमतर्फ सल्लाघारी जङ्गल बीचमा लगेर खाल्टो खन्दै जिउँदै आगो लगाई पुरेको भेटिएको छ ।

शव उत्खनन गरी परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीमा उजुरी नपरे पनि हल्लाका आधारमा अनुसन्धान गर्दै जाँदा १५ दिनको अन्तरालमा घटना पत्ता लगाई अपराधी पक्रन सफल भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment