+
+
Shares

पाँच र दसका नोटलाई हेलाँ !

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २० गते ५:५३

nepal rupees_5२० वैशाख, काठमाडौं । उभभोक्तले जतन नगर्दा पाँ र दसका नोट छिटो च्यातिने गरेका छन् ।

ठूला नोटको तुलनामा साना नोटलाई बेवास्था गर्दा ती च्यातिने गरेका आजको नागरिक दैनिकमा समाचार छ ।

हजार र पाँच सयका नोट बढी जतन हुने भएकाले तिनको आयु साना नोटको भन्दा बढी हुने गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकको एक सर्वेक्षणले ठूला नोटको तुलनामा साना नोट छिटो काम नलाग्ने अवस्थामा पुग्ने गरेको देखिएको छ । हजार र पाँच सय नोटको तुलनामा पाँच, दस, बीस, पचास, सयका नोट छिटो काम नलाग्ने अवस्थामा पुगेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख भुवन कँडेलले बताए ।

केन्द्रीय बैंकले वर्षको दुईपटक टूलो मात्रामा नयाँ नोट बजार पठाउने गर्छ । राष्ट्र बैंकले सबैभन्दा बढी परिमाणमा दसैंका बेला नयाँ नोट बजार पठाउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?