Comments Add Comment

बाजुरामा रगत अभाव, अस्पतालमा छट्पटिँदै सुत्केरी

२० वशाख, बाजुरा । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको जिल्ला स्वास्थ्य कार्यालयको आकस्मिक कक्षमा प्रसूति हुन नसकेर बोकेर ल्याइएका दुई महिला छट्पटाइरहेका छन् ।

Blood-Bagजिल्लाको पूर्वोत्तर जगन्नाथ गाविस–३ की २२ वर्षीया वसन्ती विष्ट चार दिन अगाडिदेखि प्रसव पीडामा छट्पटाइरहेकी छिन् ।

उनलार्इ गाउँको स्वास्थ्य चौकीमा प्रसूति गराउन ल्याइएको र त्यहाँ उपचार हुन नसकेपछि आफन्तले बोकेर कोल्टीमा रहेको प्राथमिक स्वास्थ्य चौकीमा पुर्याइयो, त्यहाँ पनि उपचार हुन नसकेको र तीन दिनसम्म कोल्टी विमानस्थलमा जहाज नआएका कारण सदरमुकाम ल्याइएको उनका  देवर रामबहादुर विष्टले बताए ।

“कोल्टीमा जहाज आएन, जिल्लामा ल्याएका हौँ, यहाँ पनि रगत नपाएर समस्या भएको छ । घरका चारैजना यहाँ आएका छौँ । भाउजु बाँच्ने हो कि मर्ने हो थाहा छैन । उहाँको शरीरमा हेमोग्लोविनको मात्रा ०.२ मात्र रहेको छ,” उनले भने ।

विष्टको साल निस्केपनि बच्चा ननिस्केका कारण रक्तस्राव भएको हो । त्यसपछि शरीरमा रगतको कमी भएको छ । आकस्मिक प्रसूति सेवा दिनका लागिसमेत समस्या भएको कुरा जिल्ला स्वास्थ्य कार्यालय, बाजुराकी सि अनमी ललिता थापाले बताइन् ।  थापाले भनिन् ।  “विष्टलाई ‘ओ’ पोजिटिभ रगत चाहिएको हुनाले कम्तीमा ६ पिन्ट रगत चाहिएको छ ।” एक पिन्ट रगत उपचारमा संलग्न डाक्टर राजन न्यौपानेले दिए भने थप रगत हालसम्म पाइएको छैन ।

त्यस्तै, रगत नपाएकै कारण सात दिनदेखि बडीमालिका नगरपालिका–९ कि सारदा विकको समेत उपचारमा समस्या अाएको छ । उनको शरीरमा रगतको कमी भएको हुनाले प्रसव पीडा भएका कारण जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा उपचारका लागि उनलाई ल्याइएको थियो ।

‘रगत पाइएको छैन, रगत पाइयो भने शल्यक्रिया गरेर बच्चा निकाल्न मिल्दो रहेछ,’ उहाँका श्रीमान् सुर्जे विकले बताए । जिल्लामा रगत सङ्कलन केन्द्र नभएपछि यहाँका नेपाली सेना, प्रहरी जवान र स्वास्थ्यकर्मी आफैँले रगत दिएर बिरामी बचाउने गरेका छन् ।

‘नेपाल रेडक्रस सोसाइटी, बाजुराले ब्लड बैंक स्थापना गर्नुपर्ने हो तर केन्द्रबाट स्वीकृति नपाएका कारण समस्या भएको छ । सबैले सर्वदलिय बैठक बसालेर धेरै पटक पठाएका छौँ, तर हालसम्म आएको छैन,’ नेपाल रेडक्रस शाखा बाजुराका मन्त्री रामबहादुर शाहीले बताए । जिल्लामा रगत सङ्कलन केन्द्र छैन, रगत नपाएका कारण अधिकांश महिलाले अकालमा ज्यान गुमाउनु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment