२० वैशाख, काठमाडौं । साडिओ मेनको हृयाट्रिकको मदतमा साउथहृयाम्पटनले म्यानचेष्टर सिटीलाई पराजित गरेको छ ।
आइतबार भएको खेलमा साउथहृयाम्पटनले सिटीलाई ४-० गोल अन्तरले हराएको हो । हारसँगै सिटीको सिधै च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावना कमजोर भएको छ ।
घरेलु मैदानमा भएको खेलमा साउथहृयाम्पटनले २५ औं मिनेटमा शेन लङको गोलबाट अग्रता लिएको थियो । तीन मिनेटपछि नै मेनले गोल गरे ।
पहिलो हाफको अन्तिमतिर सिटीका हिनाचोले गोल गरे र साउथ हृयाम्पटनको अग्रता २-१ मा झारे । तर, दोस्रो हाफमा पनि मेन चम्किए । ५७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका उनले ६८ औं मिनेटमा हृयाटि्रक पुरा गरे ।
खेलको ७८ औं मिनेटमा हिनाचोले गोल गरेपनि म्यानचेष्टर सिटीको हार टार्न सकेनन् । र, साउथहृयाम्पटन ४-२ गोल अन्तरले विजयी भएको छ ।
हारपछि सिटी ६४ अंकका साथ चौथो स्थानमा छ । लिगमा दुई खेल खेल्न बाँकी छ र तेस्रो स्थानमा रहेको आर्सनलको ६७ अंक छ भने पाँचौ स्थानमा रहेको युनाइटेडको ६० अंक छ र उसले एक खेल कम खेलेको छ ।
साउथहृयाम्पटन ५७ अंकका साथ सातौं स्थानमा छ ।
प्रतिक्रिया 4