Comments Add Comment

नमूना वस्तीको गुरुयोजना जेठ १२भित्र पेश गर्न एनआरएनएलाई आग्रह

Gorkha Laprak, earthquake Victims (11)
२० वैशाख, काठमाडौं । गोरखाको लाप्राकमा नमूना वस्ती विकासको गुरुयोजना जेठ १२ गतेभित्र तयार गर्न सरकारले गैरआसीय नेपाली संघ (एनआरएनए) लाई अनुरोध गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई वर्षभित्रमा सम्पन्न हुने गरी काम अघि बढाउन संघलाई अनुरोध गरेको हो । संघलाई पत्राचार गरी प्राधिकरणले त्रिपक्षीय सम्झौता भएको एक महिनाभित्र गुरु योजना स्वीकृत गराउन र समयमा काम सम्पन्न हुने गरी बस्ती विकासका लागि आवश्यक पर्ने पूर्वाधारको निर्माण प्रारम्भ गर्न पनि अनुरोध गरेको छ ।

गत वैशाख १२ गते लाप्राकमा नमूना बस्ती विकासका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र गैरआवासीय नेपाली संघबीच त्रिपक्षीय सम्झौता भएको थियो ।

प्राधिकरणले लाप्राक गाविसका भुकम्पीडितहरुलाई गैरआवासीय नेपाली संघबाट आवास अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । यसका लागि जिल्ला विकास समिति गोरखाबाट लाभग्राहीको सूची लिएर दोहोरो अनुदान नजाने व्यवस्थाका लागि स्थानीय विकास मन्त्रालयलाई अनुरोध गरेको प्राधिकरण्का प्रवक्ता रामप्रसाद थपलियाले अनलाइनखबरलाई जानकारी दिए ।

प्रस्तावित नमूना बस्तीका लागि खानेपानीको स्रोत पहिचान गरेर आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न खानेपानी तथा सरसफाई मन्त्रालयलाई प्राधिकरणले आग्रह गरेको छ ।

यसतै बस्ती विकास कार्यक्रम शीघ्रताका साथ अगाडि बढाउन गोरखास्थित उपक्षेत्रीय कार्यालय र विद्युतीकरणका लागि आवश्यक उर्जा मन्त्रालयलाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment