Comments Add Comment

घाटा हुने भन्दै रुपन्देहीका पम्पहरुले पेट्रोल बेचेनन्

vairahawa-petrol-pump-2
२० वैशाख, भैरहवा । मधेस आन्दोलन र नाकाबन्दीमा असहज भएको पेट्रोलियम पदार्थ रुपन्देहीमा अझै पुर्ण रुपले सहज हुन सकेको छैन । भारतबाट माग अनुसारको पेट्रोलियम पदार्थ आएपनि पेट्रोलियम व्यवसायीले निगमको डिपोबाट पेट्रोल खरिद नगर्दा रुपन्देहीमा पेट्रोल अापूर्ति सहज हुन नसकेको हो ।

व्यवसायीले जिल्लामा डिजेलको विक्री वितरण गरेपनि पेट्रोल भने सहज रुपमा विक्री वितरण गरेका छैनन् । उनीहरू पेट्राेल बेच्दा नाफा नभएको बताउँछन् ।

किनेको भन्दा कम आयोः व्यवसायी

नेपाल आयल निगमको पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलवारी डिपोबाट परिमाण भन्दा कम पेट्रोल डिलरमा आइरहेको कारण पेट्रोलको विक्री वितरण नगरिएको पेट्रोलियम व्यवसायी दावी छ ।

१२ हजार लिटरको क्षमता रहेको एक ट्यांकरमा हुने प्रति च्याम्बरमा ५० लिटर पेट्रोल कम आइरहेको कारण पेट्रोल सहज विक्री वितरण नभएको भैरहवास्थित दुर्गा आयल सप्लार्यसका संचालक बद्रीनाथ शर्माले दावी गरे ।

गज्जबको कुरो के छ भने पेट्रोलियम व्यवसायी ‘हामी मारमा पर्‍यौं, परिणम भन्दा कम इन्धन आयो, हामी ठगियौं, घाटामा कसरी व्यापार गर्ने ?’ भन्ने लगायतका गुनासो गर्छन् । तर, कारवाही/छानबिन गर्न माग गर्दै नापतौल तथा गुणस्तर कार्यालय लिखित उजुरी भने दिएका छैनन् । याे रहस्यमय देखिएको छ ।

सार्वजनिक सरोकार विषयको भएको कारण व्यवसायीले पेट्रोलमा ताला लगाएर बस्न नपाउने सरोकारवालाको भनाइ छ ।

किन घट्यो पेट्रोल ?

पेट्रोल उड्ने तापक्रम र भण्डारण अनुसार आफैं घट्ने/बढ्ने गर्छ । एक डिग्रीसेल्सीएस तापक्रम घटबढ हुँदा १ दशमलव जिरो ६ लिटर पर किलोलिटर पेट्रोल आफै कम हुन्छ । यतीसम्म त निगमले पनि व्यवसायीले छुट दिएको छ । भलवारी डिपोबाट लोड हुदाा र डिलरमा अनलोड हुँदा स्वतः पेट्रोल घट्ने गरेको पेट्रलियम प्रावधिकको  दावी छ ।

‘बाहिरको तापक्रम ४० डिग्री रहँदा जमिन मुनीको तापक्रम करिब २५ देखि २८ डिग्री रहन्छ’ निगम प्राविधक स्रोतले अनलाइनबखरसँग भन्यो-‘बाहिर ४० डिग्री तापक्रममा ट्यांकरको एक च्याम्बरमा झण्डै ३०/३५ लिटर पेट्रोल कम पर्छ ।’
पेट्रोलियम व्यवसायीले पेट्रोलमा विगत जस्तो ठगी गर्न नपाउादा पेट्रोलको सहज रुपमा विक्री वितरण नगरेको स्रोतको आरोप छ ।

चीप निकालेपछिको समस्या
नाकाबन्दीको समयमा काठमाण्डौ प्रहरीले पेट्रोलियम व्यवसायीले मेसिनमा चीप जडान गरेर विक्री अर्थात ठगी गरेको पाएपछि प्रहरीले अधिकांश व्यवसायीलाई पक्राउ गरी कारवाही प्रक्रिया थालेको थियो ।

प्रहरीले अपरेशन नै थालेर ठगी गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याएपछि रुपन्देहीका व्यवसायीले पनि डराएर आफ्नो मेसिनबाट चिप निकालेको स्रोतको दावी छ ।

vairahawa-petrol-pump-3
पडसरीस्थित रेशमा आयलमा डिजेलको पम्पमा मेसिनमा जोडेको भेटिएपछि जिल्ला अदालत रुपन्देही मुद्दा समेत दर्ता भएको थियो ।

‘पेट्रोल उड्ने पदार्थ हो, पहिला पनि उड्थ्यो र अहिले पनि उड्छ । तर पहिला व्यवसायीले पेट्रोल मेसिनमा चीप जडान गरी कम परिमाण उपभोक्तालाई पेट्रोल दिएर धेरै कमाउँथे’  स्रोतले भन्यो-‘तर अहिले मेसिनबाट चिप निकालेपछि कम हुने पेट्रोलको पूर्ति नहने डरले व्यवसायीले पेट्रोल बेच्न नमानेका हुन् ।’

यता पश्चिमाञ्चल पेट्रोलियम डिलर एसोसियसनका अध्यक्ष प्रेम न्यौपानेले खरिद गरेको परिमाण भन्दा कम परिमाणको पेट्रोल पाएपछि अधिकांश व्यवसायीले पेट्रोलको खरिद गर्न छाडेको बताए ।

‘भारतबाट पेट्रोल बोकेर आएको टैंकरमा रहेको पेट्रोलको परिमाण निगमको डिपोमा चेकजाँच गर्दा पेट्रोलको परिणाम ठिक नै देखिन्छ । तर, डिलरमा टैंकरको पेट्रोल अनलोड गर्दा नापजाँच गरिएको भन्दा कम पेट्रोल निस्किन्छ,’ न्यौपानेले प्रतिप्रश्न गरे-‘३ हजारको च्याम्बरमा ६०/७० लिटर पेट्रोल कम हुन्छ, अब खरिद गरेको भन्दा कम पेट्रोल पाएपछि व्यवसायीले कसरी व्यवसाय गर्ने ?’

vairahawa-petrol-pump
न्यौपानेले डिलरमा पेट्रोल कम आउने गरेको विषयमा बुझ्नका लागि भारत जाने तयारीमा रहेको बताए । उनले समस्या समाधान नभए जिल्लाका कुनै व्यवसायीले पेट्रोल खरिदबिक्री गर्ने अवस्था नरहने बताए ।

निगमको दावी
यत नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रिय कार्यालय भलवारी डिपोका प्रमुख अशोक शाह निगमबाट गएको पेट्रोल कम नभएको दावी गर्छन् । उनले अधिकांश पेट्रोलियम व्यवसायीले पेट्रोल खरिद गरेकाले सोमबार सााझबाट जिल्लामा पेट्रोलको सहज रुपमा विक्री वितरण हुने बताए ।

‘भारतबाट पनि ठिक परिमाणमा पेट्रोल आएको छ, यो समस्या पहिलो देखिको नै हो । तर डिलरहरुले अहिले आएर किन यो समस्या निकाल्दैछन्, उनीहरूलाई नै सोध्नुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment