Comments Add Comment

सर्वोच्चको आदेशपछि कनकमणि दीक्षित रिहा

Kanakmani

२० वैशाख, काठमाडौं । सर्वोच्च अदालतले साझा यातायातका अध्यक्ष एवं वरिष्ठ पत्रकार कनकमणि दीक्षितलाई रिहा गर्न आदेश दिएको छ । आदेश अनुसार उनी अख्तियारको हिरासतबाट मुक्त भएका छन् ।

बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै कायममुकायम न्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको इजलासले रिहाइको आदेश दिएको हो ।

अख्तियारले अकुत सम्पत्ति कमाएको अभियोगमा छानबिन गर्न भन्दै १० गते पक्राउ गरेको थियो । १२ गते विशेष अदालतले पक्राउ गरेको मितिले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

तर, दीक्षित पत्नी शान्ताले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेपछि सर्वोच्चले १० दिने म्याद सकिएकै दिन आज सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

भ्रष्टाचार अनुसन्धानका लागि दीक्षितलाई पक्राउ गरिएको भए पनि आधार र कारणबिना म्याद थप गरी थुनामा राख्नु जायज नभएको सर्वोच्चले बताएको छ। ‘विशेष अदालतबाट सम्बन्धित कागज हेरी तहहिकात सन्तोषजनक रूपमा भएको वा नभएको विचार गरेर म्याद थप गरिनुपर्छ,’ सर्वोच्चको आदेशमा भनिएको छ, ‘तर अदालतबाट १० दिन म्याद थप गर्दा त्यस्तो प्रक्रिया अवलम्बन गरेको देखिएन ।’

भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्नुपर्ने देखिएमा कानुनबमोजिम म्याद जारी गरी झिकाएर साधारण तारेखमा राख्नसमेत अख्तियारको नाममा सर्वोच्चले आदेश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment