२१ वैशाख, काठमाडौं । निलम्बित नेपाल क्रिकेट संघ क्यानको निर्वाचित समितिले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिन राष्ट्रिय खेलकुद परिषद्ले राखेको प्रस्ताव अस्वीकार गरेको छ ।
निर्वाचित समितिका महासचिव अशोकनाथ प्याकुरेलले अहिले नै मुद्दा फिर्ता लिन सम्भव नभएको बताए ।
राखेप सदस्य सचिव केशवकुमार विष्टले सोमबार पत्रकार सम्मेलन गरेर मुद्दा फिर्ता लिन आग्रह गरेका थिए । निर्वाचित समितिले सर्वोच्चमा रहेको मुद्दा फिर्ता लिए तदर्थ समिति पनि भंग गरेर अघि बढ्न तयार रहेको राखेपले बताएको छ ।
राखेपको प्रस्ताव आफूले सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै प्याकुरेलले अनलाइनखबरसँग भने, ‘सरकार र राखेपले बारम्बार हस्तक्षेप गर्दा हाम्रो बैधानिकता जोगाइदिने अदालत नै हो । सदस्य सचिवले भनेको जस्तो पहिला मुद्दा फिर्ता लिन कठिन छ ।’
आफूहरुले सुरुमा वार्ता र छलफल हुन्छ होला भन्ने अपक्षा गरेको तर, राखेपले मुद्दा फिर्ताको कुरानै कुरा गरेको उनले बताए । अहिले आफूहरुले मुद्दा फिर्ता लिए साधारणसभा र निर्वाचित कमिटीको बैधानिकता समाप्त हुने र क्यान तदर्थ समितिमा जान भन्दै उनले भने, ‘त्यसपछि सरकारले चाहेको बेला अर्को समिति बनाउन सक्छ । यसले हाम्रो बैधानिकता नै सकिन्छ ।’
चतुरबहादुर चन्द अध्यक्ष रहेको निर्वाचित कमिटीले आईसीसीको निलम्बनपछि कुनै ठोस प्रस्ताव अघि सारेको छैन । तर, राखेपले छलफलमा बोलाउने हो भने छलफल गरेर निकास खोज्न तयार रहेको उनीहरुले बताएका छछलफल गरेर निकास खोज्न तयार रहेको उनीहरुले बताएका छन् ।
क्यानको अधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । विवाद लम्बिएपछि अन्तराष्ट्रिय क्रिकेट काउन्लिस आईसीसीले नेपाल क्रिकेट संघ क्यानलाई हालै मात्र निलम्बन गरेको छ ।
प्रतिक्रिया 4