Comments Add Comment

पुनर्निर्माणका लागि जिल्लामा खटिए सह-सचिव

reconstruction-punarniraman
२१ वैशाख, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्ना उपक्षेत्रीय कार्यालयहरुमा सह-सचिवहरुको पदस्थापन गरेको छ ।

सहसचिव खोमराज कोइरालालाई काठमाडौंम जिम्मेवारी दिइएको छ भने  रमेशकुमार केसीलाई ललितपुरमा तोकिएको  छ । सुमन दाहाललाई काभ्रेपलाञ्चोकमा, नारायणप्रसाद सापकोटालाई नुवाकोटमा, शिवराम न्यौपानेलाई दोलखामा र जितेन्द्र बस्नेतलाई गोरखामा पदस्थापन गरिएको प्राधिकरणले जनाएको छ ।

काठमाडौं उपक्षेत्रीय कार्यालयले काठमाडौं र भक्तपुर, ललितपुर उपक्षेत्रीय कार्यालयले ललितपुर र मकवानपुर र काभ्रपलाञ्चोकको उपक्षेत्रीय कार्यालयले काभ्रेपलाञ्चालेक र सिन्धुलीको पुनर्निर्माण  हेर्छ ।

यस्तै नुवाकोट उपक्षेत्रीय कार्यालयले नुवाकोट र रसुवा, गोरखा उपक्षेत्रीय कार्यालयले गोरखा धादिङ तथा दोलखा उपक्षेत्रीय कार्यालयले दोलखा, रामेछाप र ओखलढुङ्गामा पुनर्निर्माण काममा लागि समन्वय र अनुमगन गर्नेछन् । यसअघि नै सिन्धुपाल्चोक विशेष सम्पर्क कार्यालयमा पदम अर्याललाई पदस्थापन गरिएको थियो ।

यसैबीच केन्द्रीय आयोजना कार्यान्वय इकाईलाई कार्यक्रम खर्च, भवन निर्माण लगायतका क्रियाकलाप सञ्चालन गर्न ३ करोड ५९ लाख ८९ हजार रुपैयाँ अख्तियारी प्रदान गरिएको प्राधिकरणमा प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment