Comments Add Comment

कोलोराडोमा सम्पन्न अन्तरराष्ट्रिय करातेमा नेपालीलाई ६ पदक

colorado_marsal art (2)वाशिंगटन डिसी । इन्टरनेश्नल मार्शल आर्ट एशोशिएशनको आयोजनामा गत मे १ तारिख कोलोराडोको लइजभिल २१ औ रकी माउण्टेन कराते च्याम्पियनसीप नामक प्रतोयोगितामा नेपाली मुलका खेलाडीहरुले स्वर्ण,रजत तथा कास्य पदक गरि ६ वटा पदक प्राप्त गर्न सफल भएका छन् ।

अमेरिकाको छिमेकी राष्ट्हरु क्यानाडा, मेक्सिको ,पोर्टरिको तथा अमेरिका लगायत विभिन्न राज्यहरुवाट ४ सय ५० खेलाडीहरु प्रतिस्प्रद्धामा भाग लिएका थिए ।

बरिष्ठ कराते प्रशिक्षक शान्त थोकरद्धारा सञ्चालित कराते स्कूल ईन्टरनेश्नल मार्शलआर्ट एशोशिएशन न्युयोर्कको तर्फबाट न्युयोर्कमा रहेका नेपाली क्रमशः पर्खी राई लगायत नेभिन लामा, रोशन प्रधान र फुन्छोक ह्योल्म ह्योल्मोले भाग लिई २ स्वर्ण ,१ काश्य तथा ३ रजत गरी जम्मा ६ पदक जित्न सफल भएका छन ।

colorado_marsal art (1)पर्खी राईले ३५ वर्ष भन्दा माथीको एडभान्स श्रेणीको व्यक्तीगत काता तर्फ स्वर्ण पदक र फुन्छोक टासी ह्योल्मोले ११ बर्षको उमेरको नोभिस श्रेणीमा काता तर्फ स्वर्ण र कुमितेमा कास्य पदक जितेका छन् ।

टोलि कुमिते तर्फ नेभिन लामा ,रोशन प्रधान र फुन्छोक टासी ह्योल्मोले रजत पदक हासिल गरेका छन् ।

हरेक बर्ष आयोजना हुने यस प्रतियोगिता विश्व कराते महासंघको निर्णायक समितिका सदस्य एवम अमेरिकी कराते महासंघको निर्णायक समितिका सचिव सिहान फरीवा मदानीको निर्देशनमा अमेरिकन कराते महासघ, पान अमेरिकन कराते महासघ र विश्व कराते महासघका मान्यता प्राप्त ६० भन्दा बढी रेफ्री (निर्णायक)हरुको सहभागिता रहेको थियो ।

कार्यक्रम मोनार्क उच्च माध्यमिक लुइस भिल कोलोराडोमा मा विहान ८ वजे देखि शरु भै साँझ ६ वजे प्रतियोगिता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment