Comments Add Comment

आर्यन एक्लै हुँदा प्रेमीसँग नम्रता वेसक्याम्पमा

namrata in everest bescamp
नायिका नम्रता श्रेष्ठको नजरमा नायक आर्यन सिग्देल ‘एलियन’ हुन् । तर, उनै नम्रता अहिले ‘एलियन’लाई छाडेर एभरेष्ट वेसक्याप्पमा छिन् । मंगलबार उनका मिल्ने साथी ‘एलियन’ चलचित्र ‘होमवर्क’को पत्रकार सम्मेलनमा एक्लै थिए । नम्रता नहुँदा पत्रकारहरुले पनि केही खल्लो महशुश गरेका थिए । आर्यनले पनि नम्रताको अभाव महशुश गरेका थिए । आर्यन र नम्रता यो चलचित्रमा प्रेमी-प्रेमिकाको भूमिकामा छन् ।

तर, नम्रता भने अहिले चलचित्र भन्दा प्रेमीसँग बिदा मनाइरहेकी छिन् । नम्रता काठमाण्डौको भागदौडबाट टाढा एभरेष्ट बेसक्याम्पमा होलीडे मनाइरहेकी छिन् । उनको साथमा प्रेमी दावा शेर्पा पनि छन् । यो जोडीले गोक्योदेखि बेसक्याम्पसम्म ट्रेकिङ गरेको छ । नम्रताले केही तस्बिर शेयर गरेकी छिन्, जसमा उनी प्रकृतीको आनन्द लिइरहेकी छिन् ।

नम्रता अहिले दावासँगको प्रेममा मस्त छिन् । मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा पनि आयोजकले नम्रता ट्रेकिङमा गएको जानकारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment