२२ वैशाख, काठमाडौं । राप्रपा नेपालले अन्तिम समयसम्म वर्तमान सरकारको प्रतिरक्षा गर्ने जनाएको छ ।
आफ्नै नेतृत्वमा सरकार गठन गर्ने सत्ता साझेदार एमाओवादीको निर्णय पछि सत्ता गठबन्धनको अर्को दल राप्रपा नेपालले विज्ञप्तिमार्फत् आफ्नो धारणा सार्बजनिक गरेको हो ।
‘वर्तमान सरकारमा राप्रपा नेपालको समेत जिम्मेवारीपूर्ण उपस्थिति रहेकाले वर्तमान सरकारको प्रतिरक्षामा खडा रहने प्रतिवद्धता राप्रपा नेपाल व्यक्त गर्दछ,’ राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठबाट बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
सत्ता परिवर्तनको खेल उपयुक्त नहुने राप्रपा नेपालको ठहर छ । नेपालको संविधान जारी भइ कार्यान्वयनको चरणमा रहेको र मुलुक आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको सन्दर्भमा सुरु भएको सत्ता परिवर्तनको खेल उपयुक्त नहुने विज्ञप्तिमा उल्लेख छ ।
राप्रपा नेपालले सरकार परिवर्तनको निर्णय पुनर्विचार गर्न एकीकृत माओवादीलाई आग्रह समेत गरेको छ ।
हेर्नुस् राप्रपा नेपालको विज्ञप्ती
प्रतिक्रिया 4