+
+
Shares

सरकार ढाल्न भोट हाल्छौंः मोर्चा

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २३ गते ६:१७

Madhesi-morcha२३ वैशाख, काठमाडौं । संयुक्त लोकतान्त्रिक मेधसी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली मधेस र मधेसविरोधी रहेको भन्दै सरकार ढाल्न आवश्यक परे मतदान गर्ने आश्वासन प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई दिएको छ ।

कांग्रेसले मोर्चालाई नयाँ सरकारमा सहभागी हुन आग्रह गर्दै बुधवार अपराहृन आयोजना गरेको बैठकमा मोर्चाले यस्तो आश्वासन दिएका आजको अन्नपूर्णमा समाचार छ ।

संसद भवनमा भएको बैठकमा मोर्चाका नेताले आफ्ना ११ बुँदे मागबारे एकदुई दिनभित्रै आधिकारिक धारणा पठाउन कांग्रेसका नेतालार्य आग्रह गरेका थिए ।

कांग्रेसको आधिकारिक धारणा आएपछि ओली सरकारविरुद्ध अन्य महत्वपूर्ण विषयमा मोर्चाको बैठक बसी निर्णय लिने पनि मोर्चाका नेताहरुले बताएका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बैठकमा नयाँ सरकारमा सहभागी भई आˆना माग पूरा गराउन मोर्चाका नेतालाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?