+
+
Shares

नेपालीले पत्ता लगाए नयाँ ग्रह

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २३ गते ६:३४

२३ वैशाख, काठमाडौं । अमेरिकामा रहँदै आएका नेपाली खगोलशास्त्री सुमन सत्यालले सोह्र प्रकाश वर्ष टाढा नयाँ ग्रह रहेको आफूले पत्ता लगाएको दाबी गरेका छन् ।

युनिभर्सिटी अफ टेक्सास अर्लिङटनमा खगोल भौतिक विज्ञान पढाउँदै आएका सत्याल नेतृत्वको खगोलशास्त्री टोलीले ‘गिल्जा ८३२’ तारालाई सो ग्रहले परिक्रमा गर्ने गरेको सैद्वान्तिक आधार प्रस्तुत गरेको आजको नागरिक दैनिकमा समाचार छ ।

गिल्जा ८३२ ताराको आकार सूर्यको आधा छ । सूर्य पनि एउटा तारा हो ।

‘हामी त्यही ताराको अध्ययनबाट प्राप्त तथ्य विश्लेषणका आधारमा ब्रहृमाण्डमा नयाँ ग्रह रहेको निष्कर्षमा पुगेका हौं,’ सत्यालले भने, ‘यसअघि सो तारालाई परिक्रममा गर्ने दुई ग्रह पत्ता लागिसकेका छन् । ती दुबैका बीच नयाँ ग्रह भेटिएको हो ।’

एक प्रकाश वर्ष भन्नले प्रकाशले एक वर्षमा तय गर्ने दूरी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?