२३ वैशाख, काठमाडौं । कोरियाली पुरुषसँग विवाह गरी दक्षिण कोरिया जाने नेपाली महिलाको संख्यामा कमी आएको छ ।
कोरिया सरकारले सन् २०१४को अप्रिलबाट विदेशी महिलासँग विवाह गर्न कोरियाली पुरुषका लािग नयाँ मापदण्ड लागू गरेपछि नेपाली महिलासँगको विवाह दर घटेको आजको अन्नपूर्णमा समाचार छ । वैवाहिक सम्बन्धबाट कोरिया जाने नेपाली महिलाको वास्तविक तथ्यांक छैन ।
नेपाली चेली समाज दक्षिण कोरियाका अनुसार एक हजार दुई सय नेपाली महिला कोरियनसँग विवाह गरेर कोरिया गएका छन् । गत वर्षहरुमा वार्षिक करिब ६० जना नेपाली युवत विवाह भिसामा दक्षिण कोरिया जाने गरेको चेली समाजले जनाएको छ ।
कोरियामा विदेशी महिलासँग विवाह गरेपछि पारिवारिक तथा सामाजिक समस्या देखिन थालेपछि सरकारले २०१४को अपि्रलदेखि नयाँ मापदण्ड लागू गरेको हो ।
नयाँ मापदण्ड अनुसार विवाह गरेर कोरिया भित्रने विदेशी महिलासँग आधारभूत कोरियन भाषाको ज्ञान अनिवार्य हुनपर्ने र कोरियन पुरुषले आर्थिक स्रोतको आधार पेश गर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया 4