+
+
Shares

वर्ल्ड फिल्म फेस्टिभलमा नेपाली फिल्म लगिदै, हमाललाई विशेष सम्मान गरिने

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २३ गते १०:३४

world film festival

अमेरिकामा हुने ‘वर्ल्ड फिल्म फेस्टिभल’मा नेपाली चलचित्रको सहभागीता हुने भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा पहिलोपटक हुन लागेको सो महोत्सवमा कम्तिमा पाँच नेपाली चलचित्रसमावेश गरिने जानकारी दिइयो ।

नेपालबाट अभिनेता राजेश हमाल तथा अभिनेत्रीद्वय प्रियंका कार्की र नन्दिता केसी महोत्सवमा सहभागी हुने तय भएको छ । नायक हमाललाई विशेष सम्मान गरिने कार्यक्रम  छ ।

महोत्सवमा लैजाने नेपाली चलचित्रहरुको व्यवस्थापन गरिरहेको इनोभेटिभ सर्भिसले बुधबारबाट चलचित्रहरुको आवेदन खुल्ला गरेको छ । कम्पनीका निर्देशक शिवराज कार्कीले नेपाली कला-संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन यो पहल गरिएको बताए । महोत्सवमा जुनै भाषामा निर्माण भएका चलचित्र, भिडियो चलचित्र, टेलिचलचित्र, डकमेन्ट्री, म्युजिक भिडियो फिक्सन, ननफिक्सन लगायत मनोरञ्जनात्मक सामाग्रीले पनि सहभागीता जनाउन पाउनेछ ।

आगामी जुलाई २२ देखि ३० (७ साउनदेखि १४)सम्म एक साता अमेरीकाको क्यालिफोर्नियास्थित मिलकपिटास शहरमा आयोजना हुने फेष्टिभलमा विश्वका ३० भन्दा बढी राष्ट्रहरुको सहभागीता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?