Comments Add Comment

राष्ट्रपति भण्डारीको भ्रमण रोकिएपछि भारत आश्चर्यमा

Bidhya-Bhandari२५ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थतिग गर्ने सन्देशसँग भारतीय अधिकारीहरुले आश्चर्य व्यक्त गरेका छन् ।

परराष्ट्र स्रोतका अनुसार भ्रमण स्थगित होला भन्नेमा भारत थिएन । ‘हामीले तयारी गरिसकेका थियौं, भ्रमण गरेको भए राम्रो हुन्थ्यो, बडो आश्चर्यमा परियो भन्ने जवाफ भारतबाट आएको छ,’ परराष्ट्रका एक अधिकारीले भने । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

राष्ट्रिपति कार्यालयका अनुसार पछिल्लो विकसित घटनाक्रमबारे भारतीय उच्च नेतृत्वसँग भेटवार्ता हुँदा राष्ट्रपतिले के बोल्ने भन्नेसमेत अन्योल थियो ।

‘सन्चोबिसन्चो साधेर मात्रै राष्ट्रपति फर्किने कुरा थिएन, उहाँहरुलाई के भन्नेमा पनि समस्या थियो’, राष्ट्रपति कार्यालयका एक सल्लाहकारले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment