Comments Add Comment

नबिल बैंकले क्रेडिट रेटिङ्ग पायो

nabil-bank
२५ वैशाख, काठमाडौं । नबिल बैंकलाई इक्रा नेपाललाई  इक्रा क्रेडिट रेटिङ एजेनसीले डबल ए माइनस रेटिङ प्रदान गरेको छ । इक्रा नेपालका अनुसार उक्त रेटिङ उच्च कर्जा गुणस्तर अर्थात न्यून शाख जोखिम रहेको मानिन्छ ।

बैंकको ब्यवस्थापन, बजारको हिस्सा, स्वस्थ मुनाफा अवस्था, असल ब्राण्ड मुल्याङ्कन, प्रयाप्त पूंजी, सक्षमता, कर्जा तथा निक्षेपको असल समिश्रण, शाख, समग्र आकार तथा गुणस्तर राम्रो रहेकोले उक्त रेटिङ्ग प्राप्त भएको इक्रा नेपालले जनाएको छ ।

बैंकको पुँजी बासल- ३ अनुसार समेत प्रर्याप्त रहेको तथा नयाँ पुँजी योजनाअनुसार समेत बैंकको आफ्नै आम्दानीबाट थप मजबुद हुने अवस्था रहेको इक्राले जनाएको छ ।

बैंकले नेपालको इतिहासमै पहिलो पटक यो स्तरको रेटिङ पाएको बैंकका सहायक महाप्रबन्धक रमेशप्रसाद लोहोनीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment