२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मसिंर भित्रमा स्थानीय निकायको निर्वाचन हुने दाबी गरेका छन् ।
प्रहरी प्रधान कार्यलयको निरीक्षण कार्यक्रममा बरिष्ठ प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भने, ‘कातिक मसिरमा स्थानीय निकायको निर्वाचन हुन्छ । त्यसका लागि तयारी गर्न थाल्नुहोस् ।’
उनले २०७४ माघ ७ गते भित्रमा आम निर्वाचन हुने बताए । उनले सत्तासाझेदार एमाओवादीसँग भएको नौंबुँदे सहमति सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन सहयोगी हुने बताए । ‘९ बुँदे सहमति सरकारले काम गर्ने एगि्रमेन्ट पेपर हो’ उनले भने ।
प्रधानमन्त्री ओलीले देश संघीय संरचनामा गएकोले नेपाल प्रहरी पनि त्यसै ढाँचामा परिवतर्न हुन प्रहरीका बरिष्ठ अधिकारीहरुलाई निर्देशन दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4