दोहा । शुक्रबार कतारमा भएको एसियान आप्रवासी फुटबल प्रतियोगितामा नेपाल जोर्डनलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । नेपालले जोर्डनलार्इ २का विरुद्ध ३ गोल अन्तरले हरायो ।
सानदार प्रदर्शन गरेको नेपालले ३ गोल गर्न सफल भएको हो । खेलको १८औं मिनेटमा निरज बस्नेतले गोल गर्दै नेपाललाई सुरुवाति अग्रता दिएका थिए । दोस्रो गोल खेलको २३औं मिनेटमा गोविन्द राईले गर्दै अन्तर दोब्बर नाए ।
फेरि ३०औं मिनेटमा भण्डारीले गोल गर्दै खेल ३-० को अवस्थमा पुर्याएका थिए । थुप्रै नेपाली दर्शकको साथ पाएको टिमले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्यो । पहिलो हालमा पाएका सबै मौकालाई उपयोग गर्दै गोल गर्दा दर्शकहरुले ‘नेपाल-नेपाल’ भन्दै समर्थन गरेका थिए ।
दोस्रो हल्फमा जोर्डन लय फर्कियो । खेलको ४८ औं मिनेट मा नै जोर्डनले पहिलो गोल गर्यो । ५३ औं मिनेटमा अर्को गोल गोल गर्दै जोर्डनले नेपालमाथि दबाव सिर्जना गर्यो । त्यसपछि जोर्डनको हरेक प्रयासलाई नेपालका रक्षापङ्तीका खेलाडीले बिफल बनाए ।
खेलको ६२ औं मिनेटमा जोर्डनले पेनाल्टी पाएको थियो । नेपालका गोलरक्षक पूर्ण थामीले उत्कृष्ट बचाउ गरेपछि जोर्डनको बररबारी गर्ने सपनामा धक्का लाग्यो ।
त्यसपछि दुबै टिमबाट कुनै गोल हुन सकेन र खेल ३-२ गोल अन्तरले नेपालले आफ्नो पक्षमा पार्यो । जीसँगै नेपाल विजेता हुँदै फाइनलमा प्रवेश गरेको छ । सो अवसरमा क्यूएएफले अमिर कपको सिल्ड प्रस्तुत गरेको थियो । चौथो एसियान अप्रवासी प्रतियोगिताको फाईनल खेल २० मे २०१६ मा अल साद स्टेडियममा भारतसँग हुनेछ ।
प्रतिक्रिया 4