लेबर पार्टीका सादिक खान लण्डनको नयाँ मेयर चुनिएका छन् । बेलायतको राजधानी चार वर्षसम्म सम्हाल्ने व्यक्ति को हुन् ?
पेशाले मानवअधिकारको वकिल सादिक खानको अहिलेसम्मको जीवन कठिनाइमाथि जितको नमुनाका रुपमा रहेको छ । लण्डनको मेयर बनेर उनले त्यस्तै नमुना पेश गरेका छन् ।
गत वर्ष जब लेबर पार्टीका नेताहरु लण्डनको मेयरका लागि उम्मेदवारी दिइरहेका थिए, शायदै शादिक खान पहिलो रोजाइमा थिए । धेरैको नजर टोनी ब्लेयर युगको अनुभवी नेता र ओलम्पिक खेललाई लण्डनमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका बेरोनेस जोवरमाथि थियो ।
तर, ४५ वर्षका सादिक खानको करियरमा एक चिज सँगै रहेको छ, त्यो हो पछाडि रहेर सबैभन्दा अगाडि पुग्ने कला ।
लण्डनका नयाँ मेयर सादिक खानको सुरुवाती जीवन निकै सहज थिएन । न त उनले राजनीति विरासतमा पाए न दाहिजोमा नै । पाकिस्तानी मूलका सादिक कुनै धनी घरानासँग जोडिएका पनि छैनन् ।
उनी त एक कर्मठ बाबुका छोरा हुन् । उनका पिता लण्डनमा बस ड्राइभर थिए भने आमा सिलाइ गरेर घर खर्च जोहो गर्थिन ।
दक्षिणी लण्डनमा बस्ने एक पाकिस्तानी आप्रवासी परिवारको आठ सन्तान मध्ये एक थिए सादिक ।
एक साधारण सरकारी स्कुलमा प्रारम्भिक शिक्षा पुरा गरेका उनले कानुनमा डिग्री हासिल गरेका छन् । उनी मानवअधिकारका वकिल बने र लन्डा मेट्रोपोलिटनविरुद्ध जातीय भेदभावको मामिलामा पैरवी गरे ।
नेशन अफ इस्लाम नाकम संगठनबाट लुई फराह खानमाथिको प्रतिवन्ध हटाउन पनि उनले महत्वपूर्ण भूमिका खेले ।
आफ्नो राजनीतिक जीवनको सुरुवातमा उनले २००५ मा लेबर पार्टीको टिकटमा दक्षिणी लण्डनको टुटिंग सिटमा चुनाव लडे । त्यहाँ जित हात पार्दै उनी ब्रिटिस हाउस अफ कमन्समा तत्कालनि नेता सदन ज्याकको निजी संसदीय सचिवमा नियुक्त भए ।
प्रतिक्रिया 4