Comments Add Comment

आर्थर पाकिस्तान क्रिकेट टीमको प्रशिक्षकमा नियुक्त

Mickey-Arthur

२५ वैशाख, काठमाडौं । मिकी आर्थर पाकिस्तानी क्रिकेट टीमको प्रशिक्षक नियुक्त भएका छन् । वकर युनुसले अपि्रलमा राजीनामा दिएपछि रिक्त प्रमुख प्रशिक्षकमा आर्थर नियुक्त भएका हुन् ।

आर्थरले यसअघि २००५ देखि १० सम्म दक्षिण अफि्रकाको टिम सम्हालेका थिए भने २०११ देखि ०१३ सम्म अष्ट्रेलियाको प्रशिक्षक रहे ।

आर्थरले यो महिनाको अन्त्यसम्ममा जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment