Comments Add Comment

चितवनमा उत्कृष्ट २२ करदाता सम्मानित

appolo paints२६ बैशाख, चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरको कार्यक्षेत्र अन्तर्गतका २२ उत्कृष्ट करदातालाई सम्मान गरिएको छ ।

कर दिवसको दिन सम्मान गर्ने घोषण गरिएको २२ उत्कृष्ट करदाता र एक जना कर्मचारीलाई उद्योग बाणिज्य संघ चितवनको समन्वय र आन्तरीक राजश्व कार्यालय भरतपुरको आयोजनामा सम्मान गरिएको हो ।

आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो ।

उच्चतम कर सहभागिता सहित नेपाल सरकारलाई बढी आयकर बुझाउने २२ करदातालाई सम्मानपत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो । एक उत्कृष्ट कर्मचारी कर अधिकृत घनश्याम भुषाललाई नगद र सम्मानपत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।

सो अवसरमा निजी कलेज तर्फ अक्फोर्ड कलेज अफ इन्जिनियरिङ्ग गैडाकोट, सहकारी तर्फ स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी, वित्तिय संस्था तर्फ गौरीश्रकर बैक, होटल तथा पर्यटन व्यवसाय तर्फ सपना भिलेज लजका धुव्र गिरी, डुवानी तर्फ कात्यानी क्यारियर प्रा.लि.लाई सम्मन गरिएको थियो  ।

त्यस्तै  भोजनालय तर्फ बैष्णव मष्ठिान तथा शुद्ध शाहकारी भोजनालय, गैर सरकारी संस्था तर्फ शानित निर्माण तथा विकासका लागि सहकार्य -फि्र-प्याड), सञ्चार तर्फ अर्थ समाचारर ग्लोबल मिडियालाई संयुक्र रुपमा महानिर्देशक शर्मा, उवांघ चितवनका अध्यक्ष राजन गौतम, आन्तरीक राजश्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत टिकाराम भुषाले संयुक्त रुपमा सम्मान गरेका थिए ।

यसैगरि सम्मानित हुनेहरुमा उद्योग तर्फ एपोलो पेन्ट्स प्रा.लि., सुवर्ण म्याच फ्याक्ट्री प्रा.लि.नेपाल उर्जा विकास कम्पनी,  पिया प्लाष्टिक उद्योग, फाईन फिड्स ईण्डष्ट्रिज प्रा.लि. र पूजा सूर्ती प्याकेजिङ्ग उद्योग रहेका छन् ।

यस्तै किराना पसलमा नौलो पसल, औषधी तर्फ डायमण्ड मेडिसिन स्र्टोस्, काष्ठ तर्फ चितवन स-मिल तथा फर्निचर उद्योग, स्पेयर पार्टस्् तर्फ  न्यौपाने ईन्जिनियरिङ्ग, सेवा तर्फ औस्ती एयढ कम्पनी, ठेक्का पट्टा तर्फ प्रेरा/प्रतिष्ठान नेभी, लक्ष्मी हार्डवेयर र एल आर मार्केटिङ्ग रहेका छन् ।

पारदर्शी भएर कारोबार गर्न करदातालाई आग्रह

कार्यक्रममा महानिर्देशक शर्माले समयमै विवरण बुझाउने तथा कर तिर्ने करदातालाई सम्मान गरेर उत्साहित बनाउने सरकारको नीति रहेको बताए । कर तिर्नु सबै नागरिकको प्रमुख दायित्व भएकोले पारदर्शी भएर कारोबार गर्न करदातालाई आग्रह गरे ।

आन्तरिक राजस्व कार्यालय, भरतपुरका प्रमुख कर अधिकृत टिकाराम भुषालले करदातालाई सहज, सरल, छिटो छरितो र प्रभावकारी हुने गरी सेवाप्रवाह गर्न कार्यालय सधैं अग्रसर भएको र आगामी दिनमा पनि प्रभावकारी सेवा प्रवाह गरिने उल्लेख गरे ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले अण्डर विलिङ्ग प्राणली हटाई व्यवसायमैत्री कर बन्न कर कार्यालयलाई अनुरोध गरे । सम्मानपछि करदाताको तर्फबाट बोल्दै नौलो पसलका उमाशंकर अग्रवालले  व्यवसायमैत्री कर प्रशासन हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment