साउदी अरवका राजा शाह सलमानले मुलुकका बरिष्ठ तेलमन्त्रीलाई बर्खास्त गरेका छन् । यसलाई सरकारमा हुन लागेको ठूलै परिवर्तनको हिस्सा मानिएको छ ।
पछिल्लो २० बर्षदेखि पदमा रहेका बरिष्ट तेलमन्त्री अली अल नइमको स्थानमा पूर्व स्वास्थ्यमन्त्री खालिद अल फलिहलाई ल्याइएको छ ।
विश्वमा सबैभन्दा धेरै तेल निर्यात गर्ने मुलुक साउदी अरवले अपि्र्लमा ठूलो आर्थिक सुधारको घोषणा गरेको थियो । यसको उद्देद्यय तेलमा निर्भरता कम गर्नु थियो ।
गत बर्ष साउदी अरवले आफ्नो राजस्वको करिव ७० प्रतिशत तेलबाट प्राप्त भएको थियो । तर तेलको मूल्य सस्तिएपछि उसलाई ठूलो झड्का लागेको थियो ।
शाही हुकुम अनुसार सरकारमा गरिएको परिवर्तनको माध्यमबाट थुप्रै मन्त्रालयहरु आपसमा गाभिनेछन् । जवकी पानी र विजुली मन्त्रालयलाई भने अलग बनाइएको छ । मुलुकमा मनोरञ्जन र संस्कृतिको लागि सरकारी संस्था बनाइएको छ ।
विविसीका अनुसार शाह सलमानका छोरा युवराज मोहम्मदले मुलुकको आर्थिक नीति हेर्छन् । अली अल नइमलाई बर्खास्त गर्नुको संकेत मोहम्मद तेलमाथि आफ्नो एकाधिकार राख्न चाहन्छन् बन्ने बुझिएको छ ।
खालिद अफ फालिह ३० बर्षदेखि सरकारी तेल कम्पनी अरामकोमा काम गरेका थिए । उनले पछिल्लो समय कम्पनीको अध्यक्षको जिम्मेबारी संहालिरहेका थिए ।
प्रतिक्रिया 4