+
+
Shares

भूकम्पपीडितले विनाधितो थप ३ लाख पाउने

धरहरा ३ वर्षमा बनाइने, पाँचवर्ष सबै संरचनाको पुर्निर्माण सक्ने

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २६ गते १६:३५

Ramechap One Year-After-a-Devastating-Earthquake (9)

२६ वैशाख, काठमाडौं । भूकम्पबाट पीडित बनेका नागरिकले सरकारबाट पाउने घोषणा गरिएको दुई लाख रुपैयाँलाई बढाएर सरकारले ५ लाख रुपैयाँ पुर्‍याएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसदमा घोषणा गरेको सरकारको नीति तथा कार्यक्रममा भूकम्प पीडितलाई थप ३ लाख रुपैयाँ दिने घोषणा गरिएको हो ।

दुई लाख रुपैयाँ बराबरको सहुलियत ऋणले घरको जगमात्र बनाउन सम्भव रहेको पीडितहरुले गुनासो गरिरहेका बेला सरकारले ३ लाख रुपैयाँ थप्ने घोषणा गरेको हो ।

पीडितले पाउने विना धितो ऋणमा ३ लाख थप गर्नुका साथै सरकारले शहरी क्षेत्रमा २५ लाख र ग्रामीण क्षेत्रमा १५ लाख ऋण दिने नीतिलाई कायमै राखेको छ ।

सरकारले आगामी दुईवर्षमा सम्पूर्ण निजी घरहरु बनाइसक्ने गरी पुनर्निर्माण प्राधिकरणलाई परिचालन गर्ने घोषणा गरेको छ ।

धरहरालाई ३ वर्षमा बनाइसक्ने घोषणा गरिएको छ । संशिक्षक संस्थाहरु पनि ३ वर्षमा बनाइसक्ने र भूकम्पले क्षति पुर्‍याएका सबै संरचना बनाइसक्ने घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?