+
+
WC Series
Nepal Women
2/0 (0.5)
VS
११५ बलमा १३९ रन आवश्यक
Netherlands Women
140/5 (20)
Shares

वार्ताको आहृवान गर्दै मधेसी मोर्चालाई सरकारको पत्र

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २६ गते १६:५५

kamal thapa

२६ वैशाख, काठमाडौं । सरकारले वार्तामा आउन आहृवान गर्दै तराई मधेसमा आन्दोलनरत दलहरुलाई पत्र पठाएको छ ।

सरकारी वार्ता टोली एवं राजनीतिक संमितिका संयोजक कमल थापाले आइतबार मधेसी मोर्चा र मोर्चामा आवद्ध सात दललाई पत्र पठाएका हुन् । पत्रमा आन्दोलनरत दलको माग सम्बोधन गर्ने क्रममा संविधानमा संशोधन भएको र प्रदेशको सीमांकन लगायतका विषयमा सहमति जुटाउन राजनीतिक संयन्त्र गठन भएको स्मरण गराइएको छ ।

मुलुकको वृहत्तर हितलार्ए ध्यानमा राखी विगतमा भएको आन्दोलनको स्वरुप परिर्वतन र संसदमा मधेसी मोर्चाको सहभागितालाई सरकारले सकारात्मक रुपमा लिएको पत्रमा उल्लेख छ ।

सरकारी वार्ता टोलीका संयोजक थापाले पठाएको पत्रमा भनिएको छ, ‘मुलुकको आर्थिक विकास र पुनर्निर्माण लगायतका कार्यहरुलाई अघि बढाउन समेत नेपालका सबै दलहरु एक ठाउँमा आउन जरुरी भएको सन्दर्धमा वार्ताद्वारा नै सबै समस्याको समाधान गर्ने प्रतिवद्धता पुन दोहोर्याउँदै सथाशिघ्र वार्तामा आउन आहृवान गर्दछु ।’

पत्रमा वार्ताको मिति सरकार र आन्दोलानकारी दलको सहमतिमा तोकिने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?