+
+
Shares

पाथिभरामा एक महिनामा चौध लाखबढी भेटी संकलन

रविन भट्टराई रविन भट्टराई
२०७३ वैशाख २७ गते ८:०४

2 photo Pathibhara२७ वैशाख, ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तिर्थस्थल पाथिभरा मन्दिरमा एक महिनामा चौध लाख बढी भेटी संकलन भएको छ ।

चैत अन्त्य देखि हाल सम्ममा १४ लाख ४४ हजार एकसय पचास नेपाली रुपैयाँ र ३७ हजार भारतीय रुपैयाँ भेटी संकलन भएको पाथीभरा मन्दिर भेटीघाटी व्यवस्थापन समितिले जानकारी दिएको छ । यस अघि चैत ३० गते सार्वजनिक गरीएको पाँच महिनाको भेटी आठ लाख मात्र रहेको थियो ।

वैशाख महिनामा तिर्थयात्री वढी मात्रामा  दर्शनका लागि आएको कारण भेटी बढी संकलन भएको भेटीघाटी व्यवस्थापन समितिका सचिव तथा पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक उदय भट्टराईले बताएका छन् ।

यो रकम नगद मात्र भएको र अन्य चढाएका सुन चाँदिको मुल्याङ्कन हुँदा बीस लाख बढी पुग्ने भट्टराईको भनाइ छ ।

तिर्थयात्रीले सुनका गरगहना साथै चाँदिबाट निर्मित विभिन्न मुर्ति सहितका सामान चढाउने गरेकाले यसको मुल्याङ्कन फरक समिति बनाएर गरीने र बिक्रि गरी बैकमा जम्मा गरीने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?