Comments Add Comment

रूपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले गर्यो सहयोग

rupandehiसिड्नी । सेवा र सहयोग गर्न सबैभन्दा ठूलो कुरा त मन नै हो । मन भयो भने सेबा गर्न मूलुक मूलुकबीचको दुरीले छेक्दैन । तन बिदेशमा भएता पनि मनमा आफ्नो  जन्मभूमिमा केही गरौ भन्ने सोच छ भने त्यो अबश्य पनि पुग्दो रहेछ । यही कुरालाई चरितार्थ गरेका छन अष्टेलियामा खुलेको संस्था रूपन्देही सामाजिक संस्थाका उत्साही यूबाहरूले ।

सकारात्मक सोचले खुलेको यो संस्थाले केही हप्ता अगाडि अष्टेलियाको सिड्नीमा एक भब्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो र, त्यही कार्यक्रममा उठेको रकम रूपन्देहीको सहयोगमा खर्चिने उद्घघोष पनि गरिएको थियो । अन्तत : रूपन्देही सामाजिक संस्था अष्ट्रेलियाले आफ्नो त्यो बाचा पूरा गरेको छ आर्थिक सहयोग गरेर ।

संस्थाका अध्यक्ष राज खनाल र उपाध्यक्ष सन्तोष केसीले अष्ट्रेलियाबाट नेपालको रूपन्देही पुगेर बिभिन्न सहयोगहरू हस्तान्तरण गरेका छन् । सहयोग हस्तान्तरणा गरेका अध्यक्ष खनालले भने -‘ यो शुरूवात मात्र हो , हामी सहयोगी हातहरू अरू पनि बढाउने छौ  ।

सन्जालले बुटवलको देवी नगरमा रहेको अपांग आश्रमलाई २ लाख सहयोग गरेको छ भने आत्मशान्ति  आश्रमलाई १ लाख सहयोग गरेको छ । यसैगरी बुटवल माबिमा कक्षा ६ मा पढ्ने लालबहादुर गाहा र कान्ति कुन्जमा पढ्ने सागर क्षेत्रीलाई सन्जालले एक बर्ष निःशुल्क पढाई दिने भएको छ ।

सहयोग गर्ने क्रममा नै राज खनालले सलिना बिकलाई उपचारका लागि दश हजार नगद सहयोग दिएका थिए । यसैबिच रूपन्देही सामाजिक सन्जाल अष्ट्रेलियाले लुम्बिनी अन्चल अस्पताललाई पनि बिभिन्न उपकरणहरू खरिदका लागि एक लाख सहयोग गरेको छ । यसरी बिदेशी भूमीमा रहेता पनि आफ्नो जन्मभूमिप्रति रूपन्देही सन्जालले निभाएको यस्तो सामाजिक कार्यको यतिबेला सर्बत्र प्रशंसा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment