Comments Add Comment

कलंकीमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२७ वैशाख, काठमाडौं । कलंकीमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका २० बस्ने मिलन शर्मा छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

बा ३१ प ८१२७ नम्बरको मोटरसाइकलमा सवार शर्मालाई कलंकीको श्यामा पेट्रोल पम्प अगाडि बा ३ ख ७५८६ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो । ट्रिपरको ठक्करबाट गम्भीर घाइते शर्माको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार काठमाडौं महानगरपालिका १४ बस्ने २३ वर्षीय अशोक महर्जन दुर्घटनामा घाइते भएका छन् । ट्रिपर र ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment