Comments Add Comment

मकवानपुर ११ शहीद स्मृति फुटबल प्रतियोगिताको फाइनलमा

१३ चैत्र, हेटौंडा । बिभागीय टोली नेपाल प्रहरी क्लबलाई पराजित गर्दै आयोजक मकवानपुर ११ हेटौंडामा जारी दोस्रो भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ ।

मकवानपुरले शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा पुलिस क्लबमाथि १-० गोलअन्तरको जित हात पार्दै उपाधिको दाबेदार बनेको हो ।

अब आयोजकले फाइनलमा थ्रीस्टार क्लब र क्यामरुनी टोली डफिन्सबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

मकवानपुरको जितमा रेजिन सुव्वाले खेलको ७९ औं मिनेटमा गोल गरेका थिए । उनी खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद दशहजार रुपियाँसहित ट्रफी प्राप्त गरे ।

जितपछि प्रतिक्रिया दिँदै मकवानपुर-११ का प्रशिक्षक विजयलाल श्रेष्ठले खेलाडीले शतप्रतिशत दिएर खेल्दा खेल पक्षमा आएको बताए ।

उनले पुलिसका दुईवटा खेले हेरेर आफूले रणनीति तयार गर्न पाएको र फलस्वरुप जित निकाल्न सजिलो भएको बताए ।

श्रेष्ठले फाइनल खेलमा अझै रणनीति परिवर्तन गरेर खेल्ने र उपाधिमा नाम लेखाउने आफ्नो रणनीति हुने बताए । डिफेन्डर घाइतेहुँदा खेलमा केही समस्या भएको प्रशिक्षक श्रेष्ठले बताए ।

कप्तान अशोक बरालले आˆनो र टिमको प्रदर्शनबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिँदै प्रतियोगिता च्याम्पियन भएर घरेलु समर्थकलाई उपाधि उपहार दिने योजना रहेको बताए ।

पुलिका प्रशिक्षक अनन्तराज थापाले खेलाडीको खेलबाट आफू सन्तुष्ट रहेको बताए । केही खेलाडीहरु अझै टिममा नभएको कारण पछिल्लो प्रतियोगिताहरुमा पुलिसको स्कोरिङमा समस्या भएको र भर्खरैमात्र राष्ट्रिय टोलीबाट फर्केका खेलाडीलाई मैदानमा उतार्दा टिममा तालमेलको अभाव भएको र खेलभर पाएको मौका सदुपयोग गर्न नसकेको र विपक्षीले पाएको मौका सदुपयोग गर्दा पराजित भएको बताए ।

प्रतियोगिताअन्तर्गत् विहीबार दोस्रो सेमिफाइनल थ्रीस्टार क्लब र डफिन्स क्लबबीच हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताका विजेताले नगद आठलाख रुपैयाँ र उपविजेताले नगद चारलाख रुपैयाँ प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment