+
+
Shares

अन्ततः भदौ २४ मा आउने भयो दीपक–दीपाको ‘छक्का पन्जा’

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २७ गते १८:०६

deepa and dipak

दीपाश्री निरौलाले पहिलो पटक निर्देशन गरेको चलचित्र ‘छक्का पन्जा’ अन्ततः भदौको २४ गते रिलिज हुने भएको छ । दशैंमा रिलिज हुने भनेर चर्चा भएपनि लामो छलफल र बहसपछि यो चलचित्रको प्रदर्शन मिति भदौमा नै तोकिएको हो ।

निर्देशक निरौलाले चलचित्रको प्रदर्शन मिति तय भएको भन्दै अनलाइनखबरलाई जानकारी गराइन् । उनका अनुसार भदौमा रिलिज हुने चलचित्रको संख्या दर्जन बढी भएपनि यो चलचित्र भने सोलो रिलिज हुनेछ ।

दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले मिलेर बनाएको यो चलचित्रको छायांकन भने सकिएको छ । यो चलचित्र कुन दिन रिलिज हुन्छ भन्ने कौतुहलता र चर्चा चलचित्र वृत्तमा चलेको थियो ।
चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे लगायतका कलाकारको मुख्य भूमिका छ ।

यसपटक चलचित्रले कस्तो बिषय उठाएको छ भन्ने खुलासा निर्माणपक्षले गरेको छैन । तर, यसअगाडि ‘६ एकान ६ र वडा नम्बर ६’ बनाएर सफलता पाइसकेकाले पनि यो  जोडीको चलचित्र दर्शकका लागि प्रतिक्षामा हुने गरेको छ । काठमाण्डौ बाहिर चलचित्रलाई एफडी कम्पनीले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?