Comments Add Comment

साँखुका बासिन्दालाई जग्गाधनी पुर्जा

२८ वैशाख, काठमाडौं । सरकारले काठमाडौं साँखुका बासिन्दालाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।

सोमबार काठमाडौंंका पुखुलाछी गाविस हाल शंखरापुर नगरपालिकाका वडा नम्बर ९ र १० का स्थानीयलाई जग्गा धनी पुर्जा वितरण गरिएको हो । भुमि सुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले एक कार्यक्रमका बीच स्थानीयलाई जग्गाधनी पुर्जा वितरण गरेका थिए ।

नापी कार्यालय चावहिलको आयोजनामा साँखुमा जग्गाधनी पुर्जा वितरण सुरु गरिएको  हो । पहिलो चरणमा १ सय ५० धनी पुर्जा तयार भएको नापी अधिकृत शैलेन्द्रप्रसाद सिंहले जानकारी दिए ।

कार्यक्रममा भुमिसुधार मन्त्री सुब्बाले जग्गा धनी पुर्जा वितरणलाई भुमि सुधार मन्त्रालयले अभियानका रुपमा अघि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment