+
+
Shares

पहाडमा रेलमार्ग बनाउन सरकारलाई खनालको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २८ गते १३:२१

Jhalanath-khanal

२८ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनतामा महत्वकांक्षा बढाइदिएको बताएका छन् । पहाडी क्षेत्रमा पनि रेलमार्ग बनाउन उनले सरकारलाई सुझाव दिए ।

संसद बैठकमा बोल्दै एमाले वरिष्ठ नेता खनालले भने, ‘चीनबाट तराई जोड्ने रेलमार्ग बन्दैछ । पहाडमा पनि छिटोभन्दा छिटो रेलमार्ग बनाइनुपर्छ ।’

नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै खनालले पहाडी क्षेत्रको पुष्पलाल राजमार्ग र तराई मधेसको हुलाकी सडक छिटो सम्पन्न गर्न सरकारलाई सुझाव दिए ।

देश विकासका लागि सडक निर्माणमा विशेष ध्यान दिनुपर्ने उनको जोड थियो । मुलुकको विकासका लागि कृषि क्षेत्रलाई पनि ध्यान दिनुपर्ने खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?