Comments Add Comment

डढेल्धुराको स्कुललाई बुढानिलकण्ठका विद्यार्थीले दिए शैक्षिक सामाग्री

2
२८ वैशाख, डढेल्धुरा । काठमाडौंको बुढानिलकण्ठ स्कुलबाट एसएलसी दिएर बसेका विद्यार्थीहरुले डढेल्धुराको स्कुललाई शैक्षिक सामाग्री दिएका छन् । दश जना विद्यार्थीले डढेलधुराको पोखरास्थित उग्रतारा उच्च माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेका हुन् ।

‘स्टुडेन्टस् फर स्टुडेन्टस्’ भन्ने नारासहित आर्थिक सहयोग जुटाएर आफुहरुले डढेल्धुराको स्कुललाई शैक्षिक सामाग्री प्रदान गरेको विद्यार्थी पारस आचार्यले अनलाइनखबरलाई बताए । आगामी दिनहरुमा हुने सहयोग पनि यही नाराबाट हुनेछ ।

6

विद्यार्थीले तीन थान कम्प्यूटर, चारवटा वाटर प्युरिफायर, खेलकुदका सामाग्र, ९ र १० कक्षालाई आवश्यक पाठ्य पुस्तकहरु सहयोग गरेका हुन् । उक्त शैक्षिक सामाग्री बुढानिलकण्ठका शिक्षक कुमार अधिकारी र मान बहादुर गुरुङले एक कार्यक्रमबीच हस्तान्तरण गरे ।

बुढालिनकण्ठका विद्यार्थीहरु पारस आचार्य, भुषण राना, सर्वेस नेच्चोन, स्पन्दन विष्ट, सुलभ खनाल, प्रतिक कोइराला, रोहन अधिकारी, अमृत पण्डित, बर्दान रेग्मी, सन्तोष भट्टले सहयोग गरेका हुन् । सहयोग सामाग्री करिव तीन लाख रुपैयाँ बराबरको रहेको थियो । 45

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment