Comments Add Comment

म्याट हृयामल्स बार्यन म्युनिखमा अनुवन्धित

hummels_sanches

जर्मन म्याम्पियन बार्यन म्युनिखले चिरप्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्डका डिफेन्डर म्याट हृयामल्सलाई अनुवन्ध गरेको छ । बेन्फिकाका मिडफिल्डर रेनाटो सान्चेसलाई पनि अर्को सिजनबाट लागू हुने गरी अनुवन्ध गरेको छ ।

२७ वर्षका हृयामल्सले पााच वर्षे समझदारी गरेका छन् । र, अब मेडिकल हुनेछ । तर, क्लबले उनको ट्रान्सफर मूल्यलाई गोप्य राखेको छ ।

उनले आफ्नो करियर बार्यनबाटै सुरु गरेका थिए । २००७ मा बुन्डेजलिगामा एक खेल खेलेका उनी त्यसपछि बोरुसिया डर्टमुन्ड गएका थिए ।

डर्टमुन्डका लागि उनको अन्तिम खेल जर्मन कपको फाइनलमा बार्यनविरुद्ध नै हुनेछ ।

बार्यनले १८ वर्षे मिडफिल्डर सान्चेसका लागि बेन्फिकालाई २७.५ मिलियन पाउण्ड तिर्नेछ । अर्को सिजन बार्यन म्युनिखको प्रशिक्षण कार्लो एन्सेलोटीले सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment