२८ वैशाख, काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु भएको छ ।
मंगलबार बाजागाजासहित रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु गरिएको हो । पहिलो दिन ललितपुरको पुल्चोकबाट गाबहालसम्म रथ तानिएको छ । रथ तान्ने कार्यक्रममा भक्तजनहरुको उल्लेख्य उपस्थिति थियो ।
रथ बुधबार गाबाहालबाट हाका पुर्याइने छ । रथलाई पाटनका सबै टोल घुमाएर जावलाखेल पुर्याइएपछि अन्तिममा भोटो देखाउने चलन छ ।
रातो मच्छिन्द्रनाथको रथ जात्रा काठमाडौ उपत्यकाको सबैभन्दा लामो र प्रसिद्ध जात्रा हो । यो जात्रा एक महिनासम्म चल्छ । गत वर्ष भुकम्पका कारण रातो मच्छिन्द्रनाथको जात्रा प्रभावित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4