Comments Add Comment

लाइबेरियाबाट स्वदेश फर्किएको एपीएफ टोलीको स्वागत

APF

२८ वैशाख, काठमाडौं । शान्ति मिसनमा खटिएर लाइबेरियाबाट स्वदेश फर्किएको सशस्त्र प्रहरी बलको टोलीलाई मंगलबार स्वागत गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित एक समारोहमा मंगलबार स्वागत तथा सम्मान गरेका हुन् ।

सशस्त्र प्रहरी नायव उपरीक्षक सुमनजंग थापाको कमाण्डमा ३५ सदस्यीय टोली आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरी स्वदेश फर्किएको थियो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्रेष्ठले टोलीको स्वागत गर्दै एपीएफ टोलीको कार्यदक्षता तथा मिसनमा गरेको कार्य सम्पादनले सशस्त्र प्रहरी बलको इज्जत र मानप्रतिष्ठा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत बढेको बताए ।

मुलुक र संगठनप्रति अझै बफादार भएर दायित्व निर्वाहमा कटिबद्ध रहनु पर्ने उल्लेख गर्दै उनले सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुले लाईवेरियामा देखाएको उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन भई अन्य मुलुकमा समेत शान्ति स्थापनार्थ तैनाथ हुने अवसर प्राप्त भएको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरुको समेत उपस्थित थियो ।

दश केजी चरेश बरामद

यसैबीच सशस्त्र प्रहरीले पर्साको वीरगञ्ज उपमहानगरपालिका २२ आत्माराम चोकबाट सोमबार राति करीब १० केजी लागूऔषध चरेश बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साबाट खटिएको एपीएफ टोलीले उक्त चरेश बरामद गरेको हो ।

गस्तीमा खटिएको एपीएफ टोलीलाई टाढैबाट देख्नासाथ चरेश बोकेर जाँदै गरेका व्यक्तिहरु उक्त चरेश सोही ठाउँमा छाडी भागेका थिए ।

एपीएफ टोलीले बरामद चरेश आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

आगलागी नियन्त्रण

यसैबीच बर्दियाको धधवार ६ बनगाईस्थित दुर्गा भट्टराई र रमाकान्त भट्टराईको गोठमा सोमबार भएको आगलागी एपीएफ टोली र स्थानीय बासिन्दाले नियन्त्रणमा ल्याएका छन् ।

आगलागीबाट करीब ९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment