+
+
Shares

‘ठूला’ को डरले शौचालय जाँदैनन् दलित

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २९ गते ५:५२

२९ वैशाख, काठमाडौं । ‘बड्का भाइसाहब रिसाउँछन्, त्यसैले हामी त्यो चर्पीमा जान्नौँ’, वीरगन्ज २५ मनियरीस्थित दलित वस्तीकी तपियादेवी मुसहरले भनिन्, ‘बिहान बेलुका खेतमै शौच गछौं ।’

toiletउपमहानगरपालिका २५ मनियारीको दलित बस्तीमा मुसहर र डोम जातिका करिब ४० घरधुरी रहेको आजको अन्नपूर्णमा समाचार छ ।

आर्थिक रुपले विपन्न मुसहर र डोम जाति बस्ने दलित बस्तीका तीवटा घरधुरीमा मात्र शौचालय छ ।  बाँकी धुरीका दलित शौच गर्न बिहान बेलुका खेतमा धाउने गरेका छन् ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले दलित बस्तीमा सुविधा सम्पन्न सार्वजनिक शौचालय बनाइदिएको छ ।
दलित बस्तीका मुसहर र डोमहरु दिसापिसाब गर्न शौचालय जादैनन् ।  उनीहरु दिसापिसाब लागे खेतबारीमा दौडन्छन् ।

दलित बस्तीछेउमै यादव जातिको बस्ती छ । यादव समुदायका हुनेखानेहरुको डरले दलितले शौचालय प्रयोग नगरेका हुन् ।

स्थानीय जनार्दन यादवले दलितहरुलाई तत्लो जातको भनेर शौचालय प्रयोग गर्न नदिएको चौकीराम चमारले बताए ।

यादवले शौचालयमा ताल्चा मारेर राख्ने र तत्तलो जातकाले खोल्न आँट नगर्दा उनीहरु खेतबारीमा दिपा गर्न जाने गरेका हुन् । दलित बस्तीका खेदु मुसहर भन्दछन्, ‘मालिक हरुको हुकुम चल्छ, उनीहरु रिसाउँछन्, त्यसैले शौचलाय जान डर लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?