२९ वैशाख, काठमाडौं । सरकारले भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई शुक्रबार फिर्ता बोलाउने निर्णय गर्यो ।
सोमबार उनलार्य फिर्ता आउन भन्दै परराष्ट्र मन्त्रालयले पत्र पठायो । गत वर्ष वैशाख १७ गते उनले भारतीय राष्ट्रपतिसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका आजको नागरिक दैनिकमा समाचार छ ।
चार वर्षमध्ये एक वर्ष ५ दिन मात्र कार्यकाल बित्दा उनीमाथि सरकारले विभिन्न आरोप लगाउँदै फिर्ता बोलाउने निर्णय लिएको थियो ।
उपाध्ययमाथि सरकारका मुख्य तीन आरोप छन्- भारतीय इसारामा सरकार परिवर्तनमा संलग्न, परराष्ट्र मन्त्रालयको स्वीकृति नलिइ क्षेत्राधिकारबाहिर गएको र कुटनीतिक मर्यादाविपरीत काम गरेको । सरकारी आरोपको खण्डन भने उनले अझै गरिसकेका छेनन् ।
यसरी विभिन्न आरोप लगाउँदै फिर्ता बोलाईका उपाध्याय पहिलो राजदूत भने होइनन् । २०४६ यता भारतका लागि राजदूत नियुक्त नौ जनामध्ये आफ्नो कार्यकाल पूरा नगरी फिर्ता बोलाइएका उपाध्याय आठौं राजदूत हुन् । यो मनोदशाबाट पीडित हुनेमा अन्य देशका राजदूत भन्दा भारतका बढी छन् ।
आखिर किन फिर्ता बोलाइन्छन् भारतबाट राजदूत
प्रायः सबै राजनीतिक दल भारतसँगको सम्बन्धलाई अन्य देशसँग तुलना गर्न नमिल्ने जनाउँदै उच्च प्राथमिकतामा राखेको बताउँछन् । तर सरकार फेरिने लगत्तै अघिल्लो सरकारले नियुक्त गरेका राजदूत भारतबाट फिर्ता बोलाउँछन् ।
२०४६ को राजनीतिक परिवर्तनपछि सरकार निर्माणमा जुन अस्थिरता ब्याप्त रहृयो, त्यसको प्रत्यक्ष प्रभाव भारतका लागि नियुक्त राजदूतमा पनि देखिएको छ ।
२०४६ यता भारतमा नेपाली राजदूत भएर गएका बिन्देश्वरी साहसहित नौ जना छन् । साह २०४६ अघिनै राजदूत भएर गए पनि परिवर्तन पछि पनि उनले राजदूत भएर काम गरिन् ।
२०४६ पछि भेषबहादुर थापा मात्र यस्ता एक राजदूत हुन् जसले पूरा कार्यकाल काम गर्न पाए । बारम्बार राजदूत परिवर्तन राजनीतिक अपरिपक्वता भएको कुतनीतिज्ञहरुको भनाइ छ ।
प्रतिक्रिया 4