+
+
Shares

आमा बन्न लागेकी ऋचालाई दही च्यूरा खुवाउनेको निम्तो

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २९ गते १०:४५

richa ghimire
तेस्रो सन्तानको आमा बन्ने तयारीमा रहेकी नायिका ऋचा घिमिरेले दही च्युरा खाने काम सुरु गरेकी छिन् । अमेरिकाको क्रफ्टनमा स्मिताले घरमै बोलाएरै उनलाई दही च्युरा खुवाएकी थिइन् । स्मिता ऋचाको स्कुल पढ्दाकी साथी हुन् ।

अमेरिका बसेपनि नेपाली परम्परा मान्दै आएको धारणा राख्ने ऋचाले मौलिक परम्परालाई जिवित राख्न साथीहरुले दही च्यूरा कार्यक्रम गरेको बताइन् । ‘नेपाली परम्परा जोगाउन नेपाली संस्कार समेटिएका हरेक कार्यक्रम हामीले गर्दै आएका छौं ।’ अनलाइनखबरसँग कुरा गर्दै ऋचाले भनिन् ।

त्यसो त अन्य नेपाली परम्परा पनि नेपाली साथीहरु मिलेर धुमधामले मनाउने गरेको ऋचाको भनाई छ । दुई छोराकी आमा ऋचाले आफ्नो पेटमा रहेको बच्चा स्वस्थ्य रहेको जानकारी दिँदै हरेक दिन २० देखि ३० मिनेट योगा गर्ने गरेको जानकारी दिइन् । बाल्टिमोरमा बस्दै आएकी ऋचालाई अन्य नेपाली साथीहरुले पनि दही च्युराको निम्तो गरेको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?