Comments Add Comment

असार १८ मा कलाकार संघको अवार्ड, २१ विधा समावेश हुने

kalakar sang award
नेपालमा अब अवार्डको मौसम सुरु भएको छ । बर्षमा करिब आधा दर्जन बढी चलचित्र सम्बन्धी अवार्ड हुने पक्का छ । जसमा केही विदेश र अधिकांश स्वेदशमा अवार्ड हुनेछन् ।

यो बर्षबाट चलचित्र कलाकार संघले पनि अवार्ड गर्ने भएको छ । कलाकार संघले असार १८ गते अवार्ड गर्ने पक्का भएको हो । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै २१ विधामा अवार्ड आयोजना गर्न लागिएको जानकारी दिइयो । जसमा २० वटा विधा र एउटा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ हुनेछ ।

अवार्डको तयारी भर्खरै सुरु गरिएको छ । आज, चलचित्र कलाकार संघका र की एड्भर्टाइजिङविच ३ बर्षका लागि संझौता गरियो ।  कार्यक्रममा बोल्दै संघकी महासचिव सरिता लामिछानेले अवार्ड भव्य र सव्य रुपमा सम्पन्न गर्ने बताइन् ।

अवार्ड संयोजक कृष्ण मल्लले कलाकारहरुको विधालाई बढी समावेश गरिएको बताए । पोखरामा अवार्ड गर्ने तयारी भएपनि पहिलो पटक काठमाण्डौमा नै अवार्ड गरिने उनले जानकारी दिए । एक जना चलचित्रकर्मीलाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित  गरिनेछ ।
काठमाण्डौको आर्मी अफिसर्स क्लबमा अवार्ड आयोजना हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment