Comments Add Comment

कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्रीको ब्रिफिङः संक्रमणकालिन न्यायले मानवअधिकार कमजोर बनाउँदैन

Kamal-Thapa

२९ वैशाख, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले संक्रमणकालिन न्याय शान्ति प्रक्रियाको अभिन्न अंग भएको बताएका छन् ।

सत्य तथा मेलमिलाप आयोग र बेपत्ता पारिएकाहरुको छानविन आयोगले सम्वन्धित कानूनबाट प्रदत्त म्यान्डेट अनुसार काम गरिरहेको उनले प्रष्ट पारे ।

विभिन्न देशका राजदूतहरुलाई बुधबार देशको समसामयिक अवस्थाबारे ब्रिफिङ गर्दै परराष्ट्रमन्त्री थापाले भने, ‘संक्रमणकालिन न्यायप्रणालीहरुका कामले सरकारको मानवअधिकारप्रतिको प्रतिवद्धतालाई न्यूनिकरण गर्दैन ।’

संक्रमणकालिन न्यायका आफ्नै जटिलता रहेको भन्दै उनले समग्र शान्ति प्रक्रियाको जटिल चरित्र र आयामहरुलाई उपेक्षा गर्न नहुनेमा जोड दिए । कानुनी जडताका कारण द्वन्द्वबाट शान्तितर्फ समाजलाई रुपान्तरण गर्ने दिशामा भएका प्रगतिलाई खुकुलो बनाउने र दिगो शान्तिका लागि भएका प्रयत्नलाई खण्डित गर्न नहुनेमा सरकार सचेत रहेको उनको भनाइ छ ।

परराष्ट्रमन्त्री थापाले आफ्ना दुई छिमेकी भारत र चीनसँग समन्वयकारी र मित्रवत सम्वन्ध काययम राख्न सरकारले निरन्तर प्रयास गरिरहेको उल्लेख गरे । छिमेकीको प्रगतिबाट नेपाल प्रभावित रहेको उल्लेख गर्दै उनले भने, ‘दुई छिमेककीको बीचमा रहेर उनीहरुको समृद्धिबाट लाभ लिने हाम्रो भित्री चाहना छ ।’ थापाले हालै प्रधानमन्त्रीले दुवै छिमेकी मुलुकहरुको भ्रमण गरेको र दुवै भ्रमण सफल भएको उल्लेख गरे ।

आफ्नो २० मिनेट लामो लिखित सम्वोधनमा थापाले नेपालको संविधानका बारेमा अन्तर्राष्ट्रिय समुदायमा अझै असमझदारी रहेको भन्दै त्यसको निवारण गर्ने प्रयास गरेका थिए । उनले नेपालको सतप्रतिशत पूर्ण नभए पनि अपूर्ण र असमावेशी नरहेको उल्लेख गरे ।

गत वर्ष आएको भुकम्पपछिको पुनर्निर्माणमा सरकार जोडतोडले लागेको पनि उनले बताए । यसैगरी १४ वर्षदेखि नेतृत्वविहीन स्थानीय निकायमा चुनाव गर्न सरकार लागिपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment