३० वैशाख, राजविराज । जिल्ला अदालत राजविराजबाट चोरी मुद्दामा सजाय पाएका १५ वर्षदेखि फरार दुईजनालाई प्रहरीले पक्राउ गरी कारागारमा पठाएको बताइएको छ ।
पक्राउ परेका सप्तरीको भारदह–५ निवासी ५५ वर्षीय रामआशीष दास तत्मा र दौलतपुर–३ का ५० वर्षीय गङ्गु भन्ने गङ्गा यादवलाई बुधबार अदालतमा उपस्थित गराई राजविराजस्थित कारागारमा पठाइएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
दासलाई १५ वर्षअगाडि गोरु चोरी गरेको आरोपमा जिल्ला अदालतले १ वर्ष कैद र ६ हजार जरिवाना सजाय सुनाएका थिए भने यादवलाई पनि १ महिना कैद र दुई हजार जरिवाना सजाय दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4