Comments Add Comment

अलैंची खेतीको फाइदा, फलबाट मात्र नभइ सुकेको बोटबाट पनि आम्दानी

alichi_boat_working (2)३० वैशाख, ताप्लेजुङ। अलैचीको फल बिक्रीबाट राम्रो आम्दानी गरिहेका ताप्लेजुङका स्थानीयले अब अलैचीको सुकेको बोटलाई पनि आम्दानीको स्रोत बनाउन थालेका छन् ।

सुकेको अलैचीको बोटको रेसाबाट घरमा उपयोग हुने पिरा, चट्टि, डाली, झोला लगायतका सामान बनाउन जिल्लाका विभिन्न संघ संस्थाले तालिम दिएपछि उनीहरु व्यवसायिक रुपमा सामान बनाई आम्दानी गर्न थालेका हुन् ।

उत्पादित सामानको बजार समेत राम्रै रहेकाले उत्पादन गरिएको सामान सहजै खपत हुने उनीहरुको भनाइ छ । प्रायः सबै घरमा अलैची खेती गरिएको हुनाले कच्चा पदार्थको समेत अभाव नहुने र फुर्सदको समयलाई सदुपयोग गरी सामान बनाउँदा  राम्रो आम्दानि हुने भएकाले विषेश गरी महिलाको आकर्षण बढेको छ ।

alichi_boat_working (1)अलैचीको बोटको रेशाबाट सामान बनाउनको लागि केहिमा भने तानको प्रयोग गर्नु पर्ने हुन्छ । केही सामाग्री भने बसेर बनाउन मिल्ने ताप्लेजुङमा यस सम्बन्धि तालिम दिइरहेको संस्था ‘सामाजिक विकासका लागि प्राविधिक समूह’की अध्यक्ष मायाँ गुरुङले बताईन् ।

वर्षमा दुईपटक यस संस्थाले स्थानिय महिलालाई तालिम दिने गरेकाले तालिमपछि व्यवसायिक बन्ने महिलाहरुको संख्या पनि बढ्दै गएको छ । केहि महिलाहरुले सदरमुकाम भित्रै सामुहिक रुपमा अलैचीको रेसाबाट उत्पादन हुने सामाग्री बनाउने गरेका छन् भने केहिले घरमा नै बनाएर बिक्री गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment