Comments Add Comment

सन्नीको सम्पत्ती ८७ करोड, पोर्न साइटबाटै कमाई धेरै

sunny leone
पोर्न स्टारबाट बलिउड नायिका बनेकी सन्नी लियोनीको डिमाण्ड आज विश्वभर छ । बलिउड चलचित्रमा लागेको केही बर्षमा उनको चर्चा त खुबै भयो तर सफल चलचित्र उनका लागि फलामे चिउरा चपाएजस्तै भएको छ । सन्नीले अभिनय गर्ने चलचित्रप्रति दर्शकको रुची खासै छैन । उनले बलिउडका स्टार कलाकारसँग काम गर्ने अवसर पनि पाएकी छैनन् । सस्ता बजेटका र उत्तेजक दृश्य समावेश हुने चलचित्रमात्र सन्नीलाई अफर गरिन्छ ।

उनै सन्नी शुक्रबारबाट ३५ बर्षमा प्रवेश गर्दैछिन् । उनको जन्म सन् १९८१ मे १३ मा क्यानडामा भएको थियो । इन्टरनेटमा उपलब्ध जानकारीलाई हेर्ने हो भने सन्नी आज ८७ करोड रुपैयाँकी मालिक्नी छिन् ।

उनी आज एउटा चलचित्रका लागि ४ करोडसम्म पारिश्रमिक लिन्छिन् । सन्नी लियोनीको कमाइको मुख्य श्रोत के त ? सन्नीले पोर्न दुनियाँ छाडिसकेकी छिन् । तर, उनको कमाइको मुख्य श्रोत नै उनको पोर्न वेवसाइटहरु रहेको छ । सन्नी लियोनीको नाममा रहेका केही एडल्ट साइट र उनको पोर्न भिडियो राखेका साइटबाट उनलाई मनग्य आम्दानी भैरहेको छ । यसका अलवा सन्नीले मोडलिङ, विज्ञापन, रियालिटी शो, स्टेज कार्यक्रम, चलचित्रबाट राम्रो कमाई गर्दै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment