३० वैशाख, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारसँग वार्तामा बस्न अस्वीकार गरेको छ । सरकारले वार्तामा आउन आग्रहसहित पठाएको पत्रको चार दिनपछि जवाफ दिँदै मोर्चाले वार्ताको औचित्य नभएको बताएको हो ।
प्रधानमन्त्रीलाई जवाफ पठाउँदै मोर्चाले भनेको छ, ‘सरकारले आन्दोलनरत पक्षका नेता कार्यकर्ताहरुमाथि दमन गर्ने, झूठा मुद्दा लगाउने, धर पकड गर्ने र यातना दिने कार्यहरु जारी नै राखिरहेको वर्तमान अवस्थामा वार्ताको वातावरण सरकारले स्वयम् बिगारेको र उक्त वातावरण बनाउने कार्य सरकारले नगरुञ्जेल वार्ताको औचित्य नै रहन्न ।’
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले यही वैशाख २६ गते मोर्चालाई पत्राचार गरी वार्तामा आउन आग्रह गरेका थिए ।
तर, मोर्चाले सरकारसँग ३६ पटक बिभिन्न चरणमा वार्ता भए पनि सरकारको तर्फबाट मुद्दा सम्बोधनमा गम्भीरता नदेखाइएको आरोप लगाएको छ । संविधानमा गरिएको भनिएको पहिलो संशोधन आन्दोलनकारी र सरकारबीच सहमति भएर वा आन्दोलनकारीको माग अनुसार भएको नभई आन्दोलनबारे भ्रम सृजना गर्न मात्र गरिएको मोर्चाले जनाएको छ ।
हेर्नुस् मधेसी मोर्चाको जवाफ
प्रतिक्रिया 4