Comments Add Comment

‘कोहिनुर’पछि आकाशको ‘के म तिम्रो होइन र’, मरिष्का र आर्यनको करिअरको परिक्षा

aaryan and mariska in riksa
आकाश अधिकारी नेपाली चलचित्रमा सफल निर्देशकको रुपमा मानिन्छन् । ‘पन्क्षी, क्रोध, काठमाण्डौ, कोहिनुर’ जस्ता सफल चलचित्र दिएका निर्देशकले आफ्नो चौधौ प्रस्तुतीको रुपमा ‘के म तिम्रो होइन र’ निर्देशन गरेका छन् । यो चलचित्र आजबाट देशभरका करिब ९० वटा हलमा रिलिज भएको छ । यो नेपाली चलचित्रका लागि सर्वाधिक हल संख्या हो ।

चलचित्र ‘धुम ३’ले यति ठूलो संख्यामा नेपालमा हल पाएको थियो । यो चलचित्रबाट आर्यन अधिकारी र मरिष्का पोख्रेल चलचित्र क्षेत्रमा उदाउँदैछन् । यी दुई कलाकारको संभावना र भविष्यको बारेमा अहिले विभिन्न खालको चर्चा भैरहेको छ ।

मायाका लागि गरिने एक्सनमा यो चलचित्र घुमेको निर्देशक बताउँछन् । आकाशले भने-‘द स्काई मुभिजले कहिल्यै पनि दर्शकलाई कमजोर चलचित्र दिदैन । यसपटक पनि हामीले मायाको कथालाई उत्कृष्ट तरिकाले बुनेका छौ ।’

सुरेश अधिकारीको निर्माणमा तयार भएको यो चलचित्रमा गौरी मल्ल, प्रज्वल सुजल गिरी, आकाश खवासको पनि मुख्य भूमिका छ । अधिकारी ब्रदर्सको ब्यानर र द स्काई मुभिजको सहकार्यमा यो चलचित्र निर्माण भएको हो ।

यस्तै, आजैबाट माधव खरेलको निर्देशनमा तयार भएको चलचित्र ‘विरानो माया’ पनि रिलिज भएको छ । नम्रता सापकोटा मुख्य भूमिकामा रहेको यो चलचित्रले पनि मायाको कथा भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment