Comments Add Comment

नेपालमा भाइबरको पब्लिक च्याट सुरु

पब्लिक च्याटले प्रयोगकर्ताहरुले मन पराएका व्यक्ति तथा ब्राण्डहरुसँग नजिक ल्याउने

viber_group_chatविश्वव्यापी रुपमा ७११ मिलियनभन्दा बढी प्रयोगकर्ता भएको विश्वकै अग्रणी मेसेजिङ्ग एप भाइबरले नेपालमा पनि पब्लिक च्याट सुरु गरेको छ ।

भाइबर पब्लिक च्याट यस्तो मोबाइल प्लाटफर्म हो जसले प्रयोगकर्ताहरुलाई सेलिब्रिटी, विभिन्न व्यक्तित्व तथा ब्राण्डलाई फलो गर्न सहज बनाउँछ । यस पब्लिक च्याटमा टेक्स्ट, फोटो, अडियो, भिडियो, स्टिकर, वेब लिंक तथा विभिन्न विशेषताहरु रहेका छन् भने भाइबारका सबैभन्दा लोकप्रिय च्याटहरु पनि पब्लिक च्याटको होम स्क्रीनमा देखिन्छन् ।

यसबाट प्रयोगकर्ताले सजिलै कसले च्याट गरिरहेको छ भनेर हेर्न  र व्यक्तिगत च्याट लिंकबाट सिधै च्याट पनि गर्न सक्छन् । विभिन्न ब्राण्ड तथा संस्थाहरुको लागि पनि आफ्ना टिम, सहकर्मी तथा पार्टनरहरुलाई परिचित गराउन पनि पब्लिक च्याट प्रमुख प्लाटफर्म हुनेछ ।

हाल पब्लिक च्याटमा माल्भिका सुब्बा, प्रियंका कार्की, रिचा शर्मा, नग्मा श्रेष्ठ, पूर्वप्रधानमन्त्री बाबुराम भट्टरार्इ जस्ता व्यक्तित्वहरु चर्चित पनि भइसकेका छन् । यसबाट प्रयोगकर्ताहरुले आफूले मन पराएका सेलिब्रेटी वा व्यक्तित्वहरुको बारेमा विभिन्न कुराहरु थाहा पाउन सक्छन् ।

‘भाइबरको पब्लिक च्याटमा हुँदा मैले एकदमै राम्रो अनुभव गरिरहेको छु र मलाई रमाइलो पनि लागिरहेको छ,’ चर्चित नेपाली नायीका रिचा शर्माले भनिन् ।

‘यो नयाँ र रमाइलो छ । हामीले नेपालमा प्राय भाइबर प्रयोग गर्ने हुँदा, मलाई आफ्नो कुराहरु शेयर तथा अपडेट गर्न सजिलो भएको छ,’ सन् २०१२ की मिस नेपाल अर्थ नग्मा श्रेष्ठले बताइन् ।

‘पब्लिक च्याटबाट मेरो फ्यानहरुले मेरो संगीत तथा नयाँ कुराहरु सिधै हेर्न सक्नुहुन्छ स साथै, यसले गर्दा मैले अझ धेरै मानिसहरुसँग कनेक्ट गर्न सकिरहेको छु र मैले आफूले चाहे जतिलाई पब्लिक च्याटमा इन्भाइट पनि गर्न सक्छु,’ चर्चित पप गायक निमा रुम्बाको भनाइ छ ।

‘हाम्रा नेपाली प्रयोगकर्ताहरुले अब पब्लिक च्याट मार्फत सजिलै आफ्ना सेलिब्रटीहरुसँग कनेक्ट गर्न पाउनुहुनेछ भन्ने खबर दिन पाउँदा हामी एकदमै उत्साहित छौं । पब्लिक च्याटले प्रायेगकर्ताहरुलाई नयाँ तरिकाबाट बातचित गर्न, प्रत्यक्ष कुराकानी सुन्न र आफूले चाहेको व्यक्तिहरुको बारेमा विभिन्न कुराहरु थाहा पाइरहन सहज बनाउँछ,’ भाइबर दक्षिण एशियाका क्षेत्रिय प्रमुख अनुभव नाय्यरले बताए।

आफ्नो भाइबर पब्लिक च्याट बनाउन इमेल गर्नुहोस् ।

भाइबरको बारेमा

भाइबर हरेक दिन संसारभरका प्रयोगकर्ताहरुलाई निःशुल्क कनेक्ट गर्दै एक-अर्कासँग भावना साटासाट गर्ने उत्कृष्ट माध्यम बन्दै आएको छ । ७११ मिलयनभन्दा बढी युनिक प्रयोगकर्ता भएको भाइबरले प्रयोगकर्ताहरुलाई उहाँहरुकै स्टाइलमा कनेक्ट गर्दै आइरहेको छ ।

व्यक्तिगत मेसेज, भिडियो कल, ब्राण्ड वा सेलिब्रिटी फलो गर्न पब्लिक च्याट वा ग्रुप च्याट मार्फत । भाइबर आइफोन, आइप्याड, एड्रोइड र ट्याबलेटहरु, विण्डोज फोन, विण्डोज, विण्डोज ८, म्याक, लिनक्स र सिम्बाएन डिभाइसहरुमा थ्रीजी, फोरजी वा वाइफाइबाट कनेक्ट गरी प्रयोग गर्न सकिन्छ ।

भाइबर राकुटेन ग्रुप कम्पनीको मेसेजिङ्ग एप हो । थप जानकारीका लागि यसमा इमेल गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment