Comments Add Comment

बालिका अपहरण गर्नेलाई २३ वर्ष कैद सजाय

rape

३१ वैशाख, भक्तपुर । भक्तपुर जिल्ला अदालतले बालिका अपहरण गरी हत्या गरेको अभियोगमा एक व्यक्तिलार्इ २३ वर्ष कैद सजाय सुनाएको छ ।

अदालतले मोरङ उर्लाबारी नगरपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–१६ मनोहरा सुकुम्बासीका राजकुमार भन्ने नरबहादुर श्रेष्ठलाई दोषी ठहर गरेको हो ।

विसं २०७२ फागुन ७ गते राति ६ वर्षीया बालिकालाई अपहरण गरी मनोहरा फाँटको खेतमा लगेर पटक-पटक बलात्कार गरेको अभियोगमा पक्राउ परेका श्रेष्ठलाई न्यायाधीश लिप्तबहादुर थापाको एकल इजलासले सजाय सुनाएको हो ।

अदालतले श्रेष्ठबाट क लाख जरिवाना असुल गर्ने र पीडितलाई क्षतिपूर्ति भराउने फैसला समेत गरेको अदालतका श्रेस्तेदार हरिकृष्ण श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी तीन जना बालिकालाई भक्तपुरको जगातेस्थित हबनव रेस्टुराँमा लगेर बलात्कार गरेको अभियोगमा पक्राउ परेका सिन्धुपाल्चोक सागाचोक गाविस–७ घर भई हाल मध्यपुरथिमि नगरपालिका–१५ बस्ने वर्ष २५ का कविराज थापा र सोही ठाउँका प्रवीण कार्कीलाई पनि अदालतले पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment